#मर्दी हिमाल

मर्दी हिमाल आरोहण गर्दा लडेर मृत्यु भएका गाइडको शव सिम्रिक एयरको हेलिबाट पोखरामा

मर्दी हिमाल आरोहण गर्दा लडेर मृत्यु भएका गाइडको शव सिम्रिक एयरको हेलिबाट पोखरामा
पोखरा, २९ कात्तिक/ मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेला पारेर सिम्रिक एयरको हेलिबाट पोखरा ल्याएको छ । मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र चार नेपाली सहयोगी कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा नुवाकोटको काल्चे–१ का ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए । माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमालमा तामाङको खोजीका लागि सिम्रिक एयरको हेलिबाट तीन जना गाइड मंगलबार गएका थिए ।… पुरा पढौ

मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

पोखरा, २६ कात्तिक/ मर्दी हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको प्रहरीले जानकारी दिएको । आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय लालबहादुर तामाङको लडेर मृत्यु भएको प्रहरीको भनाई छ । काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि एक विदेशी नागरिक सहित ५ जना आएका थिए । मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएको थियो । मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव… पुरा पढौ