लेकसाइडमा पर्यटकलाई दुःख दिने ६ जना पक्राउ

-


     क्लिक गण्डकी     
     माघ १८ गते २०८० मा प्रकाशित


जिल्ला प्रहरी कार्यालय कास्की

जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा, १८ माघ/ पोखराको लेकसाईडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मंगलबार बेलुका करिब ८ बजेको समयमा पोखरा ६ लेकसाइडको हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख दिने, बाटो छेक्ने, निजहरुको व्याग तान्ने, होटल मिलाई दिन्छौ भनी पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुलाई प्रहरीले सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने कार्य गरेको भन्ने आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराका सुदिप अर्याल, सन्दिप गिरी, सुमन शर्मा, नेत्र बहादुर प्रधान, सुशील महतो र रञ्जन पौडेललाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले बताए ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।



Tags: