पोखरा नागढुङ्गाको होटलमा सुकु हत्या काण्डः आरोपित सञ्जय पक्राउ

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०८१ मा प्रकाशित


पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका

पोखरा, ४ साउन/ गत मंसिर ५ गते पोखरा ९ नागढुङ्गामा रहेको युनिक होटलमा एक महिला मृत भेटिइन् । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्यो । सोही हत्या काण्डका आरोपी सञ्जय विकलाई प्रहरीले ९ महिना पछि पक्राउ गरेको छ ।

तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकुको हत्याको आरोपमा बाग्लुङ घर भएका सञ्जय बिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा नागढुङ्गामा रहेको युनिक होटलमा मंसिर ५ गते बेलुकी सुकु विक अचेत अवस्थामा फेला परेकी थिइन् । बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो ।

उपचारका क्रममा विक सोही दिन राति नै मृत्यु भएको थियो । विकले नागढुंगास्थित शिला रेष्टुरेन्टमा गर्दै आएकी थिइन् ।

यस्तो थियो घटना विवरण

मृत सुकु विकले नै फोन गरेर होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको डिसपी विकले बताए । उनले केटाको नाम, नम्बर टिपाएर होटलको कोठा बुक गरेको होटल सञ्चालकले प्रहरीलाई जानकारी दिएका छन् । कोठा भित्र जुस र रेडबुल खाको भेटिएको विकले बताए ।

युवकसँग होटलको कोठामा मंगलबार करिब साढे ३ बजे गएकी थिइन् । युवक मंगलबार साझँ करिब साढे पाँच बजे होटलबाट एटिएमबाट पैसा झिक्नु छ भन्दै बाहिर निस्किएको होटल सञ्चालकले बताए । लामो समय सम्म युवक होटलमा नर्फिएपछि होटल सञ्चालकले कोठा खोल्न गएका थिए ।

चाबी लगाएका भेटिएपछि होटलमा रहेको अर्को चाबीले कोठा खोलेर हेर्दा युवती अर्धनग्न र अर्ध चेतको अवस्थामा भेटिएकी थिइन् । त्यस पछि शिला रेष्टुरेन्टकी सञ्चालीका, प्रहरी सहित उनलाई अस्पताल लगिएको बयानमा उल्लेख छ ।



Tags: