पोखराबाट सुन्तलाबाट लाखौ आम्दानी गर्दै सुबेदी

-


     क्लिक गण्डकी     
     मंसिर २० गते २०७९ मा प्रकाशित


खिमलाल सुवेदी

खिमलाल सुवेदी

पोखरा, २० मंसिर/ वैदेशिक रोजगारबाट फर्केर देशमै केही गर्नु पछ भनेर सुन्तला खेतीमा लागेका पोखरा २१ दोपरेका किसान खिमलाल सुवेदी (नारायण) ले सुन्तला खेतीबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

भारतको केरालामा दुई वर्ष मरिचको खेती गर्ने ठाउँमा काम गरेपछि नेपाल फर्केर उनले सुन्तला खेतीमा लागेका थिए । १३ रोपनीमा २ सय १५ सुन्तलाका बगैचामा यतिबेला सुन्तला बोटले नै धान्न नसक्ने गरी फलेका छन् । अहिले सम्मकै धेरै यसै वर्ष फलेकोले कति रुखका हाँखा नै सुन्तला धान्न नसकेर भाँचिएपछि टेको दिएको उनले सुनाए ।

सुन्तला खेतीबाट २०७३ सालमा १९ टन उत्पादन हुँदा १४ लाख रुपैयाँ आम्दानी भएको उनले सुनाए । त्यसै वर्ष उत्कृष्ट किसान पुरस्कार स्वरुप सुबेदीले राष्ट्रपति पुरस्कार समेत पाएका थिए । त्यसपछिका वर्षहरुमा सिटस ग्रिनिङका कारण सुन्तलाको बोट टुप्पाबाट सुक्दै जाने समस्याका कारण बोट मर्न थालेपछि उत्पादन कम हुँदै गएको उनले बताए । हजुरबुवाको पालै देखि घरमा खानकालागि सुन्तला रोपेका थिए ।

यस वर्ष अहिले सम्मकै धेरै २५ टन भन्दा धेरै नै सुन्तला फलेकोको उनले बताए ।आनो बगैचामा रहेको उनले सुनाए । यो हिसाबले १६ लाख सम्म आम्दानी हुने उनको विश्वास छ ।

सुवेदीले घरमै आउने ग्राहकलाई पनि सुन्तला बिक्री गर्दै आएका छन् । धेरै लग्नेलाई घरबाटै ८० रुपैयाँ र थोरै लग्नेलाई किलोको १०० रुपैयाँमा बिक्री गर्ने गरेको उनले सुनाए । मसिना समेत मिलाई लग्नेलाई ५० देखि ६० रुपैयाँमा दिने गरेको सुवेदीले बताए ।
पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तला राम्रो हुन्छ ।

पोखरामा ३० हजार सुन्तलाको बाट उत्पादनशिल अवस्थाका रहको पोखरा महानगरपालिका कृषि महाशाखाको प्रमुख मनहर कडरियाले बताए । १५० हेक्टरमा सुन्तला उत्पादनशिल अवस्थामा रहेको उनको भनाई छ । पोखरामा यस वर्ष ७ करोड बराबरको उत्पादन हुने आकलन छ ।



Tags: