
सम्मेलन केन्द्र
पोखरा, ३१ भदौ/ पोखरामा दुई हजार जना अटाउने सम्मेलन केन्द बन्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न लक्ष्यका साथ सम्मेलन केन्द्र निमार्ण गर्न लागेको हो । सहरी विकास तथा भवन निर्माण विभाग पोखरा–९ नयाँ बजारमा निमार्ण गर्ने भएको हो ।
हाल प्रदर्शनी केन्द्र रहेको जग्गामा पोखरा सम्मेलन केन्द्र निर्माणका लागि डिपिआर तयार भएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । प्रदर्शनी केन्द्र रहेको ३३ रोपनी जमिनमा पोखरा सम्मेलन हल निर्माणका लागि डिपिआरको काम सकिएर अगाडी बढ्को उनले बताए ।
संघीय सरकारले चालु आर्थिक वर्षका लागि १७ करोड रुपैयाँ छुट्याएको छ । सम्मेलन केन्द्र निमार्णका लागि एक अर्व ६१ रुपैयाँ खर्च लाग्ने आनुमान छ । ३३ रोपनी मध्ये ९ रोपनी क्षेत्रफलमा बेसमेन्ट सहितको हल बन्ने छ । उक्त हलमा ४ वटा ५० देखि १०० जनासम्म अट्ने साना हल र एउटा दुई हजार क्षेमताको ठूलो हल निर्माण हुनेछ ।
प्रर्दशनी केन्द्रको ३३ रोपनी जमिन मध्ये ९ रोपनी क्षेत्रफलमा संरचना निर्माण गरेर अरु बाँकीमा पार्किङ र प्रदर्शनी गर्ने स्थल रहने छ । पार्किङ स्थल र चमेनागृह सहितको हल निर्माणका लागि डिपिआरलाई अन्तिम रुप दिएर ठेक्का प्रक्रियामा छिट्टै लगिने तयारी छ ।