नीति कथाः बहुरुपिया धोखेबाजहरुबाट सधैं होसियार रहनुहोस्

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


एकजोर परेवाको जोडी रुखको हाँगामा बसेका थियो । जोडी बसेको नजिकबाट एउटा मान्छे आउँदै गरेको देखियो।
पोथी परेवाको मनमा केही शंका उब्जियो र उनले भाले परेवालाई भनिनस् यहाँबाट छिटै उडौ नत्र यो मान्छेले हामीलाई मार्दिन्छ।

भाले परेवाले लामो सास फेर्दै बिश्वासको साथ पोथी परेवालाई भन्योस् नियालेर हेर त उसको हिडेको स्टाएल , अनि उसले लगाएको पोषाक हेर। उसको अनुहारमा शालीनता झल्किरहेकोछ उसले हामीलाई किन मार्छ।।रु उ भलाद्मी जस्तो देखिन्छ ।
भाले परेवाको कुरा सुनेर पोथी परेवा चुप लागि ।

जब त्यो मान्छे उनीहरुको नजिक आइपुग्यो, अचानक उसले आफ्नो गोजिबाट एउटा ग्याटिस निकालेर भाले परेवालाई मार्‍यो।। बिचारा त्यो भाले परेवाको जिन्दगी त्यही गयो।

असहाय पोथी परेवा त्यहाँबाट भागेर आफ्नो ज्यान बचाइन र रुन थालिन उनको दुस्खको कुनै ठेगाना छैन बिचरी अब उ एक्लि भइ एकैछिनमा उनको सारा संसार बर्बाद भयो।
त्यसपछि पोथी परेवा उनको अनुरोध लिएर रुदै राजाकहाँ गइन र राजालाई सारा घट्ना सुनाइन ।
राजा धेरै दयालु स्वाभावका थिए ।

राजाले तुरुन्तै आफ्ना सिपाहीलाई त्यो शिकारीलाई समातेर ल्याउन आदेश दिए।
तुरुन्तै शिकारीलाई समातेर राज दरवारमा ल्याइयो
डरको कारण शिकारीले आफ्नो अपराध स्वीकार गर्‍यो ।

त्यसपछि राजाले परेवालाई नै शिकारीलाई सजाय दिने अधिकार दिए र उसलाई भनेस् ूयो शिकारीलाई जे सजाय दिनु छ तिमिले दिन सक्छौ, र तत्काल तिमिले दिएको सजायलाई कार्यनयन गरिने छ।ू

पोथी परेवाले सारै दुस्ख मनले भनीनस् ूहे राजन, मेरो जिबनसाथी त यो संसार छोडेर गई सक्यो जो अब कहिले फर्किएर आउँदैन, त्यसैले मेरो विचारमा यश निर्दयी शिकारीलाई यति मात्र एउटा सजाय दिनुहोस् कि यदि उ शिकारी हो भने उसले हरेक समय शिकारीको पोषाक लगाएर हिंड्नुपर्छ ।

र यो सभ्य भएर हिड्ने पोषाक उसले खोल्नुपर्छ।
किनकि आफुलाई सभ्य देखाउदै लगाएर हिडेको पोषाकको पछाडि धोकाले जघन्य कर्म गर्ने हरु नै सबैभन्दा खराब हुन्छन्।
त्यसैले साथिहरु तपाईंका वरिपरि सभ्य भएको नाटक गर्ने बहुरुपिया धोखेबाजहरुबाट सधैं होसियार रहनुहोस्।।
सतर्क रहनुहोस र आफ्नो साथै परिवारको ख्याल राख्नुहोस।।
सामाजीक सञ्जालबाट साभार



Tags: