पोखरामा १७ औ असारे रोपाइँ महोत्सवको तयारी
पोखरा, ८ असार/ पोखरा पर्यटन परिषदको आयोजनामा हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा २५ हेम्जामा हुने भएको छ ।
पोखरा २५ देविस्थान सेवा समाज हेम्जाको सहआयोजनामा १७ औँ असारे रोपाइँ महोत्सव हुन लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित हुन लागेको महेतसव कोरोनाका कारण अघिल्लो वर्षहरुमा रोकिएको थियो ।
नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताए । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिनपनि महोत्सव फलदाई हुने उनले बताए ।
उनले खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको बताए । रोपाइँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
रापाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड प्रतियोगिता लगाएतका कार्यक्रमहरु हुनेछन् ।