बिनोद बानिया
पोखरा, ११ चैत/ गायक विनोद बानियाँका बानी पर्यो सुरामा सार्वजनिक भएको छ । शुक्रबार पोखरामा पत्रकारका बीच एक कार्यक्रमको आयोजना गर्दै विनोेदले गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा विनोदले गीतबाट राम्रै सफलता मिल्ने आशा राखेका छन् । पोखरेलीको पूर्णतया सहयोग मिल्नेमा उनी विश्वस्त छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष सुरेश रानाभाटले गीतमा विनोदको आवाजले न्याय मिलेको अभिव्यक्ति प्रस्तुत गरे । पोखरा सुन्दर शहर भएकाले यहाँका सिर्जना पनि सुन्दर हुन आवश्यक रहनुपर्ने धारणा उनको थियो ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष अमृत सुवेदीले पोखरा पर्यटकीय शहरसँगै संगीत क्षेत्रको पनि उर्भरभूमी भएकाले नयाँनयाँ सिर्जना आउनु सुखद भएको उल्लेख गरे । विनोदको बानी पर्यो सुरामाले पोखरेली संगीत र सिर्जनालाई माथी उठाउन महत्वपूर्ण भूमिका खेल्नेमा उनी विश्वस्त देखिन्छन् ।
गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष मन क्षेत्रीले विनोद बानियाँ संगीतका राम्रा साधक भएको उल्लेख गरे । संगीत संगत भएकाले संगतका कारण नै बानी पर्यो सुरामा आज सार्वजनिक गरिएको धारणा उनको थियो । म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफुले गायक विनोद बानियाँसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
विनोदको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । गीतको रचना उदीपराज ढुंगाना, छायाँकन मिलन शंकरको छ । टिकटक स्टार विना राउत र प्रदीप बास्तोलाको अभिनय रहेको गीतलाई पोखराको हेमजा स्थित डिलबारीमा छायाँकन गरिएको हो । गीत विनोद बानियाँकै अफिसियल युटुब मार्फत सार्वजनिक भएको छ ।