#वर्षा

चौबीस घन्टामा सबैभन्दा बढी पानी कास्कीको रिभान, १७ ठाउँमा भारी वर्षा

चौबीस घन्टामा सबैभन्दा बढी पानी कास्कीको रिभान, १७ ठाउँमा भारी वर्षा
पोखरा, ६ भदौ/ गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको रिभानमा (१५१ मिलिमिटर) परेको छ । १०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने धेरै भारी पानी परेको भनिन्छ । रुकुम पश्चिम, रुपन्देही, पाल्पा, नवलपुर, लमजुङ, गोरखा र सिन्धुपाल्चोकमा धेरै भारी पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको विवरणले कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका भूभागहरुका हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा भएको थियो । देशभरिका १७ ठाउँमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको छ । रूकुम पूर्वको बाफीकोटमा १४६.८ मिलमिटर, रूपन्देहीको… पुरा पढौ

लुम्लेमा भारी वर्षा हुदाँ पोखरामा अघिल्लो वर्षको भन्दा आधा कम वर्षा

वर्षाका कारण पोखराको काहुँ खोलामा बाधँ फुट्यो, दुई घर जोखीमा, बस्तीमा बाढी
सागर राज तिमिल्सिना/ मधेष प्रदेशमा पानी नपेरका कारण खडेरी परेको छ । सरकारले मधेष प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तर नेपालको चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्लेमा भने अघिल्लो वर्षको दोब्बर बढि पानी परेको छ । पोखरामा भने अघिल्लो वर्षको तुलनामा आधा भन्दा कम वर्षा भएको छ । जल तथा मौषम विज्ञान पोखराका अनुसार जुन र जुलाईको तथ्याङ अनुसार लुम्लेमा पानी बढी पर्दा पोखरा बजारमा भने कम परेको छ । अघिल्लो वर्ष यी दुई महिनामा लुम्लेमा २ हजरा १… पुरा पढौ

कास्कीमा भारी वर्षा, बाढी पहिरोको जोखिम

कास्कीमा भारी वर्षा, बाढीपहिरोको जोखिम
पोखरा, ४ साउन/ कास्कीमा आइतबार बिहान भारी वर्षा भएको छ । नेपालको चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्ले र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । “साउन ०४ गते, बिहान ०५ः०५ बजे । पछिल्लो एक घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक… पुरा पढौ

वर्षाका कारण गण्डकीका ठाउँ ठाउँमा सडक अवरुद्ध

स्याङ्जा तिर भारी वर्षा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध
पोखरा, २२ असार/ गएराति देखी परेका वर्षाका कारण गण्डकी प्रदेशका ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । वर्षाका कारण बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ स्थित घुमाउने भिरमा पहिरोको कारण सडक अबरोध भएको छ । पहिलो हटाउन प्रहरी टोली खटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । त्यसै गरी पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्याग्दे–४ मनोहरीमा बाटो हिलो भएको कारण २ ट्रक र ३ बस फस्दा राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । त्यसै गरी बेनी–जोमसोम सडकको रघुगंगा–३ बैसरीमा लेदो… पुरा पढौ

भारी वर्षा- पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध

स्याङ्जा तिर भारी वर्षा, पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीको यात्रामा ननिस्कन अनुरोध
पोखरा, २२ असार/ गए रातिबाट अबिरल बर्षासँगै सगँ कास्की, स्याङ्जा सहितका जिल्लाहरुमा खोला नाला बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो गएको छ । वर्षाका कारण पाल्पा, स्याङ्जा, अर्घाखाँची, रूपन्देहीतिर सबै खोला बढेका र ठाउँठाउँमा सडक अवरुद्ध भएका कारण यात्रामा ननिस्किनु सर्व साधारण अनुरोध गरेका छन् । सामाजकि सञ्जाल फेसबुक मार्फत सर्वसाधारणले वर्षाले ठाउँ ठाउँमा सडक अवरुद्ध भएका तस्बिर राख्दै त्यस्तो अनुरोध गरेका हुन् । त्यसै गरी अबिरल बर्षासँगै राति गएको पहिरोको कारण भञ्ज्याङ बाहुं बिरुवा सडकको सानाबाङ सडक खण्डमा ठूला रुखहरू… पुरा पढौ

देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना

चट्याङ
पोखरा, ४ चैत/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका मेघ गर्जन र चट्याङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै भोलि… पुरा पढौ