
कास्कीमा भारी वर्षा, बाढीपहिरोको जोखिम
पोखरा, ४ साउन/ कास्कीमा आइतबार बिहान भारी वर्षा भएको छ । नेपालको चेरापुन्जी भनेर चिनिने कास्कीको लुम्ले र आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
“साउन ०४ गते, बिहान ०५ः०५ बजे । पछिल्लो एक घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
त्यसै गरी लमजुंग जिल्ला स्थित भुजुंग वर्षामापन केन्द्र र आसपासको केन्द्रहरुमा हल्का देखि मघ्य्यम वर्षा मापन भएको छ।





