#रामजी प्रसाद बराल

गण्डकी प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही प्रयास गरेः मन्त्री बराल

गण्डकी प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही प्रयास गरेः मन्त्री बराल
पोखरा, २४ पुस/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही प्रयास गरेको बताएका छन्। आइतबार मन्त्रालयमै आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बरालले आफ्नो डेढ बर्षीय छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही सार्थक प्रयास गरेको बताएका हुन्। राजश्व अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने हिसाबले आर्थिक ऐनमा राजश्वको दर र दायरामा प्रगतिशील करको सिद्धान्तलाई आधार मानि परिमार्जन गर्दा आफु केही आलोचित भए पनि त्यसले समग्र प्रदेशको आन्तरिक श्रोत बृद्धि हुुने उनले… पुरा पढौ

नेपाल श्रीलंकाको बाटोमा पुग्न सक्ने -मन्त्री बराल

रामजीप्रसाद बराल
पोखरा १७, मंसिर/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर हुन नसके नेपाल पनि श्रीलंकाको बाटोमा पुग्न सक्ने बताएका छन्। पोखरा १० को श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरा १३ को कसेरी वयरघारीमा सम्पन्न भएको चौधांै बार्षिक साधारण सभाको उद्घाटन गदैै मन्त्री बरालले उक्त कुरा बताएका हुन्। नेपालमा उत्पादन कम, उपभोक्ताबादले गर्दा हाल बैंक तथा सहकारीहरुमा समेत पैसा अभाव भएकोले यसलाई समयमै व्यबस्थापन गर्न राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर… पुरा पढौ

डगडान्स के नेपाली सस्कृतिको नृत्य हो ?

डगडान्स के नेपाली सस्कृतिको नृत्य हो ?
पोखरा ११, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तीजको नाममा डगडान्स जस्ता नृृत्यले तिजको मौलिकपन हराउदै विकृति फैलिदै गएको बताउनु भएको छ । पर्वतको कुश्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्क युवा क्लवको आयोजनामा यही भदौं १४ गतेसम्म संचालन हुने तीज मेला तथा पुरुष भलिवल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले बताए । तीजमा हुने कार्यक्रम कुनै न कुनै नेपाली पन झल्कनु पर्ने उहाँको भनाई थियो । अहिलेका तीज गीतमा समृद्धि र संघियताको बारेमा… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको प्रमुखमा लोकराज भण्डारी नियुक्त

जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव
पोखरा, २ भदौं/ गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाव दिनु भएको छ । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहिबार एक समारोहका बिच पदस्थापन गराउदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । विभिन्न क्याम्पसहरु मध्य सामुदायिक क्याम्पस जनप्रियलाई जनताको सर्वसुलभ गुणस्तरिय शिक्षाको केन्द्रको रुपमा नमुना क्याम्पस बनाउन सबै लाग्नुपर्ने मन्त्री बरालले बताउनु भयो । मावि तहको शिक्षाको स्वामित्व पनि प्रदेश सरकारलाई दिनुपर्ने उहाँको भनाई थियो । क्याम्पसको भौतिक पूर्वाधार… पुरा पढौ

सरकारी जागिरेले छोरा छोरी सरकारी बिद्यालयमा पढाएमा शिक्षामा सुधार हुन्छः मन्त्री बराल

रामजीप्रसाद बराल
पोखरा १, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी बिद्यालयमा आफ्ना छोरा छोरी पढाएमा शिक्षामा सुधार हुने बताउनु भएको छ । पोखरा १६ लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी माविको ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत शैक्षिक प्रर्दशनीको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । सरकारी बिद्यालयहरुको शिक्षामा विस्तारै सुधार हुदै आएको बताउदै मन्त्री बरालले सरकारी शिक्षामा थप गुणस्तर कायम गर्न सरकारी नुन पानी खानेहरुले कम्तिमा… पुरा पढौ

प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको होः अर्थ मन्त्री बराल

रामजीप्रसाद बराल
पोखरा, २६ साउन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताउनु भएको छ । गण्डकी प्रदेश सभाको सुन्य र विशेष समयमा सांसदहरुले उठाउनु भएको प्रश्नको विहिबार सदनबाट जबाफ दिदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो “कर सिद्धान्तको आधारमा थोरै हुने सँग कम र धेरै हुने सँग सो भन्दा बढि कर लिने गरी समायोजन गरिएको बिषयलाई अहिले कार्यान्वयनमा आएको दुई महिना पछि अनावश्यक रुपमा आलोचना गरिएको छ… पुरा पढौ