नेपाल श्रीलंकाको बाटोमा पुग्न सक्ने -मन्त्री बराल

-


     क्लिक गण्डकी     
     मंसिर १७ गते २०७९ मा प्रकाशित


रामजीप्रसाद बराल

रामजीप्रसाद बराल

पोखरा १७, मंसिर/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर हुन नसके नेपाल पनि श्रीलंकाको बाटोमा पुग्न सक्ने बताएका छन्। पोखरा १० को श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरा १३ को कसेरी वयरघारीमा सम्पन्न भएको चौधांै बार्षिक साधारण सभाको उद्घाटन गदैै मन्त्री बरालले उक्त कुरा बताएका हुन्।

नेपालमा उत्पादन कम, उपभोक्ताबादले गर्दा हाल बैंक तथा सहकारीहरुमा समेत पैसा अभाव भएकोले यसलाई समयमै व्यबस्थापन गर्न राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर रुपमा सुधार गर्नुपर्ने अन्यथा श्रीलङका जस्तो आर्थिक संकटमा देश जाने उनको भनाई थियो ।

सहकारीको लक्ष्य र उद्धेश्य केन्द्रित हुनुपर्ने बताउदै मन्त्री बरालले सहकारीमा पनि हाल धेरै समस्या आएको दाबी गरे । सहकारी आफै सक्ताको रुपमा हुँदा अराजकता बढ्दै गएको मन्त्री बरालले बताए । एक सहकारी एक उत्पादन भन्ने कुरा आए पनि हाल व्यावहारमा खासै लागु हुन नसकेको उनको भनाई थियो ।

प्रत्यक्ष नागरिकले राजनीति बुझ्नुपर्ने बताउदै मन्त्री बरालले राजनीति नबुझ्दा मुलुक दुर्घटनामा समेत जानसक्ने जनाए । सबै नितीको माउ नितीको रुपमा राजनीति भएकोले राजनीति बुझ्न आवश्यक भएको उनले जनाए । यसपालीको निर्वाचनले राजनीति स्थायीत्व भन्दा राजनीतिक तरलता हुने जस्तो देखिएको मन्त्री बरालको भनाई थियो ।

सहकारीका अध्यक्ष मीन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान प्रदेश सांसद गायत्री गुरुङ, सहकारीका सल्लाहकार टिका कार्की, संस्थापक अध्यक्ष प्रा.डा.कृष्ण केसी, उपाध्यक्ष कृष्ण प्रसाद गौतम लगायतले वोलेका थिए । उक्त सहकारीमा हाल ६ सय ९३ जना शेयर सदस्य रहेको सचिव रामचन्द्र अधिकारीले बताए ।

आर्थिक बर्ष २०७८/०७९ को असार मसान्तरसम्म संस्थाको शेयर चुक्ता पूंजि ३ करोड ७ लाख ९९ हजार रहेको छ भने निक्षेप १७ करोड ७१ लाख ९६ हजार ७ सय ८० रुपैया रहेको छ । संस्थाले १९ करोड ५७ लाख ८६ हजार ६ सय ९६ रुपैया ऋण लगानी गरेको छ ।



Tags: