#भलिबल

लामाचौर कप एक्सपर्ट अन्तरमावि छात्रा भलिबल सेमिफाइनल समिकरण पुरा

लामाचौर कप एक्सपर्ट अन्तरमावि छात्रा भलिबल सेमिफाइनल समिकरण पुरा
पोखरा, ७ भदौ/ लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबारदेखि अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । विभिन्न स्कुलका ११ टिमले भाग लिएको पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे । आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । पहिलो खेलमा सिर्जनाले… पुरा पढौ

पोखरा लामाचौरमा पुरुष खुल्ला भलिबल र छात्रा भलिबल प्रतियोगिता, विजेतालाई ३ लाख

पोखरा लामाचौरमा पुरुष खुल्ला भलिबल र छात्रा भलिबल प्रतियोगिता, विजेतालाई ३ लाख
पोखरा, ३ भदौ/ नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा २७ औं संस्करणको लामाचौर तीज महोत्सवमा भलिबल प्रतियोगिता हुदैछ । भदौ ८ देखि १० गतेसम्म सन्चाल हुने प्रतियोगितामा पुरुष खुल्ला भलिबल प्रयियोगितामा ६ टिम र छात्रा भलिबलमा ११ टिमको सहभागीता जनाउने भएका छन् । पुरुष खुला भलिबल प्रतियोगितमा अझ टिम थप हुने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले जानकारी दिए । उनले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । पुरुष भलिबल विजेताले ३ लाख… पुरा पढौ

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई
पोखरा, २८ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको… पुरा पढौ

च्याम्पियन्स लिग (काभा) मा हेल्प नेपालले कास्य जित्न सफल

च्याम्पियन्स लिग (काभा) मा हेल्प नेपालले कास्य जित्न सफल
पोखरा, ८ साउन/ नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकाको पुलिस क्लबलाई ३–१ ले हराएको हो । पहिलो सेट २५–२० तथा दोस्रो सेट २५–१५ ले जितेको हेल्प नेपालले तेस्रो सेट २०–२५ ले गुमाएको थियो । चौथो सेटमा २५–२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो । हेल्प नेपाल लिग चरणको ५ मध्ये ४ खेलमा विजयी भएको थियो । सेन्ट्रल… पुरा पढौ

क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि
सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडीपोखरा, २८ असार/ पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि चुम्न सफल भयो । उपाधि जितेको… पुरा पढौ

क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने

पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
पोखरा, २७ असार/ पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइलनमा आधिखोला न्यु दिल्लीले एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आधिखोलाले एपिएफलाई २५–२२, २५–२१ र २६–२४ ले जित निकाल्यो । यस्तै दोस्रो सेमिफाइनलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा

पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
पोखरा, २६ असार/ पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ । पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको सातौ खेलमा घान्द्रुक क्रोम्छेले आधिखोला न्यु दिल्लीलाई ३–१ को सेटमा पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । घान्द्रुकले आधिखोलालाई २६–२४, १२–२५, २५–२३ र २५–२३ ले पराजित ग¥यो । लिगको शिर्ष स्थानमा उक्लिएको घान्द्रुकको ४ खेलमा ९ अङ्क छ । यस्तै आधिखोला ६ अङ्कसहित दोस्रो स्थानमा छ । यस्तै आज भएको… पुरा पढौ

पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न

पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
पोखरा/  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेको छ । लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित ग¥यो । घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित ग¥यो । घान्द्रुकले पहिलो खेलमा ३  अङ्क… पुरा पढौ

पोखरामा असार अन्तिम साता क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता

पोखरामा असार अन्तिम साता क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता
पोखरा, १८ असार / पोखराको नदीपुरमा असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र… पुरा पढौ

पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल असार चौथो साता

पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल असार चौथो साता
पोखरा, १० असार/ लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित प्रतियोगिता आयोजना गर्दै छौं, संस्थापक गुरुङले भने, ‘प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा असार २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।’ तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक… पुरा पढौ