#पिङ

पोखराको लेकसाइडमा चचहुई चचहुई

पोखराका लेकसाइडमा चचहुई चचहुई
पोखरा, २५ असोज/ कुनै बेला पोखराका फेवाताल किनार छेउ तालबाराही घाटमा दशैंका बेला मेला लाग्ने गथ्यो । तर केही वर्ष अगाडी देखी मेला हराएको छ । यस वर्ष भने दशैंको अवसरमा पिङमा मच्चिन पाएको छ । स्थानीयहरुको प्रयासमा लिंगे पिङ दुई वटा र चंग्रालि पिङ एउटा राखीएको छ । टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका नेपाली समाजमा छ । त्यसका लागि एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता चल्दै आएको छ । https://clickgandaki.com/2023/10/8645/ पुरा पढौ

पिङ खेल्ने क्रममा लडेर गोरखामा एक महिलाको मृत्यु

गोरखा, ७ कात्तिक/ गोरखामा रोटेपिङ खेल्दा लडेर एक महिलाको मृत्यु भएको छ । गोरखा पालुङटार नगरपालिका–८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा सोमबार बेलुका ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पिङ खेल्ने क्रममा अनियन्त्रित भई लडेर घाइते भएकी उनको गोरखा अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । टाउकोमा चोट लागेर अचेत अवस्थामा रहेकी कोइरालालाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि गोरखा अस्पताल पु¥याएको थियो । पुरा पढौ