#नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु
पोखरा, २४ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् । विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् । तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र फाबेर गरी तीन… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः खेल तालिका र खेलस्थल सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदः खेल तालिका र खेलस्थल सार्वजनिक
पोखरा, ३० भदौ/ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गर्दै सार्वजनीक गरेको छ । असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ७ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो । कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी, स्याङजा र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ । क्रिकेट गत भदौ २३ गतेदेखि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट साइक्लिङमा १६ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट साइक्लिङमा १६ खेलाडी छनोट
पोखरा, २१ भदौ/ प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्र्तगत सोमबार साइक्लिङतर्फको महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए । प्रतियोगितामा महिलातर्फ प्रदेशबाट क्रस कन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले जानकारी दिए । यस्तै रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि ३३ खेलस्थल टुङ्गियोः राखेप सदस्य गुरुङ

नवौं राष्ट्रिय खेलकुदका लागि ३३ खेलस्थल टुङ्गियोः राखेप सदस्य गुरुङ
पोखरा, १४ भदौ/ आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ३३ वटा खेलको खेल स्थल टुंगो लगाएको छ । सोमबार प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति उपसमिति संयोजक राजेश कुमार गुरुङले यस्तो बताएका हुन् । उनले प्रतियोगितामा समावेश विभिन्न ३३ वटा खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुंगो लगाइसकेको जानकारी दिए । उनले भने, ‘हामीले हालसम्म नवौं राष्ट्रिय प्रतियोगिताका ३३ वटा खेलको खेलस्थल र… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः कास्कीमा तेक्वान्दो छनोट

नवौं राष्ट्रिय खेलकुद स् कास्कीमा तेक्वान्दो छनोट
पोखरा, १० भदौ/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा तेक्वान्दो खेलको छनोट गरेको छ । नवौंका लागि ग्योरोगी र पुम्सेतर्फ गरी कुल १६ जना खेलाडी प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघले विभिन्न तौल समुहमा खेलाडी छनोट गरिएको अध्यक्ष कुमार गुरुङले जनाएका छन् । छनोट भएका खेलाडी ग्योरोगीतर्फ पुरुष ५४ केजीमा अनुगमन विक, ५८ केजीमा अमृत गुरुङ, ६३ केजीमा राजकुमार चौधरी, ६८ केजीमा हेमन्त गुरुङ, ७४ केजी मुनी तौलमा आविष्कार बस्ताकोटी, ८० केजीमा सकिल लामगाडे र… पुरा पढौ

नवौं खेलकुदः पोखरामा १४ खेलको छनौट र प्रशिक्षण सुरु

नवौं खेलकुदः पोखरामा १४ खेलको छनौट र प्रशिक्षण सुरु
पोखरा, ३ भदौं/ गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी गण्डकी प्रदेशमा १४ वटा खेलहरुको छनौट तथा प्रशिक्षण सुरु गरेको छ । छनौट तथा प्रशिक्षण कार्यक्रमको गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्घाटन गरे । परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनौट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन भएको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । २० दिनका लागि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः भदौ १५ भित्र खेलस्थल टुंगिन्छ – राखेप सदस्य गुरुङ

नवौं राष्ट्रिय खेलकुदः भदौ १५ भित्र खेलस्थल टुंगिन्छ – राखेप सदस्य गुरुङ
पोखरा, १ भदौ/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सबैले अपनत्व लिएर सफल पार्नुपर्ने विभिन्न जिल्लाका खेलकुदकर्मीले जोड दिएका छन् । उनीहरुले चार दशकपछि गण्डकीमा हुने राष्ट्रियस्तरको मेघा इमेन्ट सफल पार्नु प्रदेशवासीको दायित्वसमेत रहेको बताए । खेल मैदान अवलोकनका लागि विभिन्न जिल्लामा पुगेको खेलमैदान व्यवस्थापन उप–समितिको प्रतिनिधिमण्डलसँग उनीहरुले जिल्लामा कम्तीमा एक खेल हुनुपर्ने र यसले खेलकुदका अलावा पर्यटकीय गतिविधिलाई समेत टेवा मिल्ने बताए । टोलीले नवलपुर, गोरखा र तनहुँ जिल्लाका विभिन्न स्थानमा सम्भावित खेलमैदान अवलोकन गरेको हो । खेलमैदान व्यवस्थापन उपसमिति संयोजक… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने माग

नवौं राष्ट्रिय खेलकुद
पोखरा, १० साउन/ नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेश बासीले माग गरेका छन्। खेलस्थल व्यबस्थापन उपसमितिले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेश बासीले उक्त प्रतियोगिताका ३६ वटै खेलहरु गण्डकी प्रदेशकै हुनु पर्ने माग गरेका हुन् । सुटिङ, सुइमिङ लगायतका खेलको लागि प्रदेश भित्रै उपयुक्त स्थानको खोजि गर्न छलफलमा सहभागि राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, विभिन्न खेल संघका पदाधिकारी र सरोकारवालाहरु एवं खेलकुदकर्मीहरुले उक्त राय व्यक्त गरेको खेलस्थल व्यबस्थापन उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी
पोखरा, ९ साउन/ नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको हो । बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन

पोखरा, ३ चैत/ नेपाल सरकारले जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु… पुरा पढौ