नवौं राष्ट्रिय खेलकुदः खेल तालिका र खेलस्थल सार्वजनिक

-


     क्लिक गण्डकी     
     भाद्र ३० गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुदः खेल तालिका र खेलस्थल सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदः खेल तालिका र खेलस्थल सार्वजनिक

पोखरा, ३० भदौ/ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गर्दै सार्वजनीक गरेको छ । असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ७ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो ।

कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी, स्याङजा र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ । क्रिकेट गत भदौ २३ गतेदेखि नै काठमाडौंमा सञ्चालित छ ।

नवौं राष्ट्रिय खेकलुदका सबै जानकारी एकै ठाउँमा समावेश गरिएका वेवसाइट र एप सार्वजनिक गर्दै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विगतका अनुभवबाट सिक्दै गल्ती नगर्ने बताए । उनले धेरै समस्या भए पनि धेरै समाधान गर्दै अगाडी बढेको बताउदै प्रतियोगिता सुरु हुने बेलासम्ममा सबै समस्या समाधान हुने बताए ।

राष्ट्रिय खेलुकद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विज्ञानले ल्याएको प्रविधिअनुसार अगाडि बढ्ने बताए । नवौं राष्ट्रिय खेलकुदको सफल आयोजनाले नेपाली खेलकुदलाई नयाँ उचाई प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नवौं राष्ट्रिय खेलुकदमा समावेश कुल ३६ खेलमध्ये गण्डकी प्रदेशका सबै ११ जिल्लामा कुने न कुनै खेल पुर्याउने बताए पछि खेलतालिका सार्वजनीक गर्दा भने त्यस्तो पाइएन । नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत महिला पुरुषका फरक प्रतिस्पर्धा गरि कास्कीमा ३६ वटा प्रतियोगिता आयोजना हुनेछ । यसैगरी नवलपुरले तीन खेल आयोजना गर्नेछ भने काठमाडौं र म्याग्दीमा समान दुई तथा गोर्खा, पर्वत र बाग्लुङमा एक/एक खेल आयोजना गरिने छ ।

म्याग्दी तेक्वान्दो र महिला भलिबल, बाग्लुङमा आईटिएफ तेक्वान्दो नवलपुरमा सेपाक ताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङजाको वालिङमा महिला फुटबल आयोजना गर्ने विषयमा ठोस निर्णय भने नसकेको परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । लमजुङ, तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा कुनैपनि खेल आयोजना हुने छैनन् ।

एथलेटिक्स, महिला बास्केटबल, शारीरिक सुगठन, भारोत्तोलन, रग्बी, कबड्डी, खोखो, टेवल टेनिस, हक्की, साईक्लिङ, ट्रायथोलन, पुरुष फुटबल, पुरुष भलिबल, महिला क्रिकेट लगाएतका खेल पोखरामा हुने छन् ।



Tags: