पोखरा, २१ मंसिर/ पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी सर्किट १ आइटिएफ जे३० वल्र्ड टेनिस टुरतर्फ बिहिबार सिंगल्सतर्फका सेमीफाइनल खेलहरु निकै रोमाञ्चपूर्ण रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको पाचौ दिन विश्वभरका खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धा उत्रिए भने नेपाली खेलाडीहरूले समेत् उत्कृष्ट छाप छोडे । यसै क्रममा नेपाली खेलाडी सुनिरा थापा गल्र्स सिंगल्सतर्फ शानदार प्रदर्शनका साथ फाइनलमा प्रवेश गरिन् । उनले भारतकी शगुन कुमारीलाई ६–३, ३–६, ७–५ ले पराजित गर्दै फाइनलमा जारी प्रतियोगितामा…
पुरा पढौ