पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

-


     क्लिक गण्डकी     
     वैशाख ९ गते २०८० मा प्रकाशित


स्पन्दन उदास

स्पन्दन उदास

पोखरा ९ बैशाख/ पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् । बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् ।

उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।

उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् ।

पोखराको गण्डकी बोर्डिङमा कक्षा ७ मा अध्ययनरत उनी पोखरा महानगरपालिका वडा ३ का स्थानीय हुन् । सानै उमेर देखिनै टेनिस खैल्दै आइरहेका उनले राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सफलता प्राप्त गर्दै आइरहेका छन् ।



Tags: ,