पोखराका अभिषेक आईटिएफको बरियतमा पहिलो नेपाली खेलाडी

-


     क्लिक गण्डकी     
     वैशाख ६ गते २०८० मा प्रकाशित


अभिषेक बास्तोला

अभिषेक बास्तोला

पोखरा, ६ बैशाख/ विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा नेपाली खेलाडी पर्न सफल भएका छन् । पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले विश्व वरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन् । बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन् । उनको बरियाता भने तल माथी भइन्छ ।

उनको अबको योजना ओलिम्पक गेम रहेको बताए । त्यसपछिको लक्ष्य ग्राण्ड स्लाम भएको मंगलबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । ग्राण्डस्लाम टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

उनले १४ वर्षकै उमेरमा (सन् २०१४ मा) अभिषेकले कोरियाको इन्चोनमा भएको १७ औं एशियन गेम्समा सहभागिता जनाईसकेका छन् । त्यसअघि उनले चीनको नान्जिङमा दोस्रो युथ गेम्समा सहभागिता जनाएका थिए । इण्डोनेशियामा आयोजित १८ औं एशियन गेम्समा पनि अभिषेकले नेपालको प्रतिनिधित्व गरेका थिए ।

अमेरिकामा आयोजना हुने कलेलस्तरीय प्रतियोगितामा सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा लिईने एनसिएए (नेशनल कलेज एथलेटिक एशोसियसन) को डिभजिन वानमा सहभागित भई माथिल्लो स्तरको टेनिसमा छनोट भईसकेका छन् । नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले कायस्थले टेनिस खेलबाट आईटिएफमा अभिषेकले नेपालको झण्डाको प्रतिनिधित्व गरेकोप्रति गर्व गरे ।

कास्की जिल्ला टेनिस संघले सञ्चारकर्मीसँगको भेटघाटमा नेपालले पहिलो पटक डेविस कप टेनिसमा सहभागिता जनाउने उनले बताए । आगामी मे २३ मा हुने डेविस कपमा नेपाल समूह ५ मा रहेको छ । समूह ५ मा उत्कृष्ट नजिता निकालेको अवस्थामा नेपाल समूह ४ मा प्रवेश पाउने छ । त्यसैगरी उत्कृष्ट नजिताकै आधारमा समूह ३, २ हुदैं समूह १ मा उक्लिने छ ।

डेविस कप खास गरी टेनिसको विकासको लागि देश देशका खेलाडीहरु बीचको प्रतिस्पर्धाको रुपमा रहने छ । ग्रुप ५ मा नेपालसहित बहाराईन, यमन, मंगोलिया, बंगलादेश, बु्रनाई, कतार, लाओस, ओमान, भुटान, माल्दिभ्स, काजकस्तान, म्यानमार र मकाउ छन् । २३ वर्षिय अभिषेकले टेनिसकै करियरमा १४ देशमा गएर टेनिस खेलिसकेका छन् ।



Tags: ,