#electionpokhara

पोखरा–२१ को वडा अध्यक्षमा एमाले दिपक सुबेदी सहित प्यानल नै विजयी

दिपक सुबेदी
पोखरा, १० जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २१ को वडामा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा–२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भए । बिजयी सुबेदीले २ हजार ५ सय ५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १ हजार ८ सय ११ मत प्राप्त गरे । महिला सदस्यमा विमला केसी २ हजार ६ सय ६२ मत, दलित महिला सदस्यमा सितादेवी विकले २ हजार ७ सय… पुरा पढौ

पोखरा १९ को वडाअध्यक्षमा नेपाली काग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

पुष्पेन्द् पाण्डे
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १९ को वडा अध्यक्षमा नेपाली काग्रेसका पुष्पेन्द् पाण्डे विजयी भएका छन् । उनले नेकपा एमालेका इमानराज पौडेललाई हराए । अन्य सदस्यहरुमा भने नेकपा एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका नवराज केसी र विकासकुमार आचार्य विजयी भए । महिला सदस्यमा दुर्गादेवी बस्नेत र दलित महिला सदस्यमा कल्पना सुनार विजयी भएका छन् । पुरा पढौ

वडा सदस्य हुदै पोखरा महानगरमा राधिकाले जितिन् वडा अध्यक्ष

राधिकाकुमारी शाही
पोखरा, ९ जेठ/ पोखरा महानगरमा एक मात्र महिला वडा अध्यक्ष निर्वाचित भएकी छन् । पोखरा महानगरमा १७ को वडा अध्यक्षमा एमाले उम्मेदवार राधिकाकुमारी शाही निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतले हराएर उनी पोखरा–१७ को वडाध्यक्ष निर्वाचित भएकी हुन् । २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्य जितेकी राधिकाले यसपटक वडा अध्यक्षको टिकट पाएकी थिइन् । उनले २ हजार ९ सय ६७ मत पाएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज आचार्यले २ हजार ५ सय ४४ मत… पुरा पढौ

पोखरा महानगरपालिका १२८३१७ मतगणना गर्दाः मेयरमा आचार्य र उपमेयरमा गुरुङ अगाडी

धनराज र मन्जु
पोखरा महानगरपालिका १२८३१७ मतगणना गर्दाः मेयरमा आचार्य र उपमेयरमा गुरुङ अगाडीमयेरएकिकृत समाजबादी धनराज आचार्य ५१८८१नेकपा एमाले कृष्ण थापा ४७५७१मतअन्तर ४३१०राप्रपा शंकर खराल ५४३४स्वतन्त्र खड्कराज पौडेल गनेश लौरो २८९६उपमेयरनेकपा एमाले मञ्जु गुरुङ ५४३२८नेपाली काग्रेस कोपिला रानाभाट ५०६२६मतअन्तर ३७०२गणना हुन बाकि १४९०९राप्रपा रन्जना सेन ५४३० पुरा पढौ

खगराजको वडामा काग्रेसका ढकनाथ कडेल विजयी

ढकनाथ कडेल
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेपाली काग्रेसका ढकनाथ कडेल विजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार चिरन्जीवी बन्जरालाई हराए । २०५४ सालको स्थानीय निवार्चनमा पनि यिनै दुई जना भिडेका थिए । लेखनाथ नगरपालिका वडा नम्बर ९ हुदाँ कडेलले बन्जरालाई ७० मतले हराएका थिए । वडा अध्यक्ष नेपाली काग्रेसले जिते पनि चार जना सदस्य भने नेकपा एमालेले जितेको छ । वडा सदस्यमा देवन्द्रराज अधिकारी, विनोदमणी लामिछाने विजयी भए । त्यसै गरी महिला सदस्यमा धनदेवी… पुरा पढौ

पोखरा महानगरको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक

पोखरा महानगरको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा मन्जु गुरुङ जित नजिक पुगेका छन् । १ लाख २२ हजार २ सय १९ मत गणनामा गर्दा धनराज ३ हजार ९ सय ७९ मत र मन्जु ३ हजार ९७ मतले अगाडी छन् । धनराजले अहिले सम्म ४९ हजार २ सय ४१ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४५ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । १ लाख ४३ हजार २ सय २६ मत… पुरा पढौ

पोखरा–११ मा वडाअध्यक्षमा प्रेमप्रसाद कर्माचार्य सहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा–११ मा वडाअध्यक्षमा प्रेमप्रसाद कर्माचार्य सहित कांग्रेसको प्यानल नै बिजयी
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य १ हजार ९ सय ६० मत ल्याएर बिजयी भएका छन् । उनी प्रतिपक्षी एमालेका उम्मेदवार मीनबहादुर गुुरुङलाई २ सय ५० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । पराजित गुरुङले १ हजार ७ सय १० मत पाए । खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवारहरु विष्णुप्रसाद घिमिरे १ हजार ६ सय ९९ र सुशील बास्तोला १ हजार ८ सय ३२ मत… पुरा पढौ

पोखरामा मेयरमा धनराज र उपमेयर मन्जुको अग्रता कायमै

धनराज र मन्जु
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कार्यम राखेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७ मतले अगाडी छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुदाँ आचार्यले ४५ हजार २७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् । राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७… पुरा पढौ

पोखराको मेयर प्रत्याशी थापाको वडामा कांग्रेसका अमृत तिमिल्सिना विजयी

अमित शर्मा तिमिल्सिना
पोखरा, ८ जेठ/ नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् । तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ राजुुलाई १ सय ४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३ सय १८ मत पाउँदा गुरूङले ३ हजार १ सय ७० मत पाएका छन् । खुल्ला सदस्य, महिला सदस्यमा र दलित सदस्यमा एमालेका उमेद्वारहरु विजयी भएका छन् । पुरा पढौ

पोखरा अहिले सम्म मतगणना सकिएका २३ वटा वडाहरु कुन कस्ले जित्यो

मतगणना
जसमा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, २०, २३, २४, २५, २६, २७, २८, २९, ३०नेपाली काग्रेसले जितेका वडा २, ३, ४, ७, ९, १०, १२, १३, १४, २३, २४, २५, २६, २७, २८, ३०नेकपा एमालेले जितेका वडा १, ५, ६, ८, १५, २०, २९अहिले मतगणना भइरहेका वडा ११, १६, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ पुरा पढौ