मुग्लिन–पोखरा सडकः नौ किलोमिटर एकतर्फी कालोपत्र, पहिलो भन्दा बाटो सुधार
तनहुँ, १९ मंसिर/ मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डको आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो । बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१ दशमलव ४५ किमी रहेको छ । आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम थालिएको छ…
पुरा पढौ