कास्कीमा जुवातास खेल्ने ८ जना २ लाख ८७ हजार सहित पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ १ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १ जेठ/ कास्कीको मादी गाउँपालिका–५ सुन पदेंलीबाट जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ८ जना पक्राउ परेका छन्।

वैशाख ३० गते साँझ करिब ६ बजे जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

छापामार्ने क्रममा प्रहरीले नगद २ लाख ८७ हजार ८ सय ८० र ४ बुक तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका ८ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत “जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने” मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



Tags: