कास्कीमा एसइईमा केहीको उत्कृष्ट, ६५ जनाको ४.० जिपिए (कसको कति ?)

-


     क्लिक गण्डकी     
     वैशाख २९ गते २०८३ मा प्रकाशित


एसइई

see

पोखरा, २९ बैशाख/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याएका छन् । सोमबार प्रकाशित नतिजा अनुसार कास्कीको समग्र नतिजामा ८१ दशमलब ७५ विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार जिल्लाका ६ सरकारी स्कुलका १० जनाले ४.० जिपिए ल्याएका छन् । बाँकी निजी स्कुलका हुन् । ४.० जिपिए ल्याउनेमा ६४ जना पोखरा महानगरपालिका भित्रका हुन् भने एउटा मात्र माछापुच्छ्रे मावि, भर्जुङखोलाको हो ।

४.० जिपिए ल्याउने विद्यार्थी संख्याका आधारमा मदरल्याण्ड सेकेन्डरी स्कुल पहिलो स्थानमा देखिएको छ । पोखरा मासबारको मदरल्याण्ड माध्यमिक विद्यालयबाट सबैभन्दा धेरै १२ जनाको ४.० जिपिए ल्याएका छन् । मदरल्याण्डबाट वर्ष २०८० मा १० जनाको र वर्ष २०८१ मा ११ जनाको पनि ४.० जिपिए आएको थियो ।

यस वर्ष गण्डकी बोर्डिङ स्कुल, लामाचौर र प्रतिभा माविबाट ५/५ जनाले ४.० जिपिए ल्याएका छन् । सरकारी विद्यालय छोरेपाटन माविबाट ३ जनाको ४.० जिपिए आउँदा पस्र्याङको शान्ति निकेतन र रामघाटको ग्लोबल कलिजियटबाट पनि ३/३ जना विद्यार्थीको ४.० जिपिए ल्याएका छन् ।

त्यसै गरी जनप्रकाश मावि भण्डारढिक २ जना, शिशु निकेतन माविबाट २ जना, पोखरा पब्लिक २ जना, सिर्जना बोर्डिङका २ जना विद्यार्थीले ४.० जिपिए ल्याउन सफल भयो ।

यसैगरी, शिशु कल्याण्ड बोर्डिङ स्कुलबाट १ जना, वाराही मावि मालेपाटनबाट १ जना, एसओएस हर्मन माइनर स्कुलबाट १, त्रिभुवन शान्ति, खुँदीबाट १, माछापुच्छे« मावि, भुर्जुङखोलाबाट १, , बेथानी बोर्डिङ १, ज्योतिकुञ्ज २ जना, कुुमुदिनी मावि, गैह्रापाटन १ जना, स्टेप बाइ स्टेप स्कुल १ जनाले ४.० जिपिए ल्याउन सफल भयो ।

उता, भाष्कर मेमोरियल १, एलपी देवकोटा १, बेसलाइन मावि कुँडहर १ जना, त्रिवेणी पब्लिक लेखनाथ २ जना, हाइवे गार्डेन लेखनाथ १, हेमजा बोर्डिङ १, सन फ्लावरबाट १ जना, सोसल पब्लिकबाट १ जना, फेवा शिक्षा सदन १ जना, सैनिक आवासीय, फूलबारीबाट १ जना, सगरमाथा माविबाट १ जना, डिज्नील्याण्ड मासबारबाट १ जना र वेलनन माविबाट १ जनाको पनि ४.० जिपिए ल्याएका छन् ।

तीमध्ये सरकारी स्कुल छोरेपाटन माविबाट ३ जना तथा जनप्रकाश मावि र गोगन माविबाट २/२ जनाको ४.० जिपिए आएको छ । मालेपाटनको वाराही मावि, त्रिभुवन शान्ति मावि र माछापुच्छ्रे मावि, भुर्जुङखोलाबाट १/१ जनाको पनि ४.० जिपिए आएको हो ।
गत वर्ष कास्कीका ६८ जनाले ४.० जिपिए ल्याएका थिए । सुरुआतमा ६५ जनाको रहेकामा रिटोटलिङ आधारमा ३ जना थपिएर ६८ जना पुगेका थिए ।