#पोखरा उद्योग वाणिज्य संघ

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष
पोखरा, १९ माघपोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ । संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य रहेका छन् । ‘बैंक तथा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः मतगणना आइतबार बिहान, अर्जुन र पवनमा कस्ले मार्ला बाजी ?

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः मतगणना आइतबार बिहान, अर्जन र पवनमा कस्ले मार्ला बाजी ?
पोखरा, २५ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनले अन्तरगत शनिबार निर्वाचन भएकोछ । कार्यसमितिको अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित हुने छन् । दुई वटा समुह चुनावी मैदानमा उत्रिएका थिए । करिब २६ सय मतखसेको निर्वाचन समितिले जानकारी दिएको छ । आइतबार बिहान ८ बजेबाट मतगणना शुरु हुने समितिले जनाएको छ । यसपटकको अधिवेशनमा संघका बहालवाला वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र उपाध्यक्ष अर्जुन पोखरेलका बीचमा अध्यक्ष पदमा छ । अन्य पदमा पनि प्रजापति र पोखरेल समुहले प्यानल नै बनाएर… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः पोखरेल र प्रजापति बिच प्रतिस्पर्धा, ८ सय मत खसे

पोखरा, २५ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनले शनिबार नयाँ नेतृत्व दिने छ । कार्यसमितिको अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित हुने छन् । दुई वटा समुह चुनावी मैदानमा उत्रिएका छन् । बिहानबाट शुरु भएको निर्वाचनमा यो समाचार तयार पार्दा सम्म ८ सय मत खसेका छन् । यसपटकको अधिवेशनमा संघका बहालवाला वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र उपाध्यक्ष अर्जुन पोखरेलका बीचमा अध्यक्ष पदमा छ । अन्य पदमा पनि प्रजापति र पोखरेल समुहले प्यानल नै बनाएर चुनावी मैदानमा उतारेका छन् ।… पुरा पढौ

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल
पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा नेतृत्व लिनका लागि अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलको टोली बुधबार घरदैलो कार्यक्रमका लागि पोखरा १० अमरसिंहचोक पुग्यो । एक हुल मानिश देख्ने वित्तिकै यिनीहरुले केही गर्ने होइन भन्दै एक व्यासायीले नाक खुम्च्याउन थाले । उनले भन्दै थिए, ‘भोट माग्न मात्र आउँछन् गर्ने केही होइन् ।’ उनी आफैले बनाएको पिंढीमा पसलका सामान राख्न नपाउँदा समस्यामा रहेछन् । हाते ट्याक्टर व्यावसायी उनले पसल अगाडि ट्याक्टर प्रदर्शन गर्नकै लागि ढुंगा बिछ्याएका थिए ।… पुरा पढौ

व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवज प्रजापति प्यानल

व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवज प्रजापति प्यानल
पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्षका उमेद्वार पवन प्रजापति सहितको टोली व्यवसायीहरुको घरदैलोमा पुगेका छन् । बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजारका व्यवसायीहरु समक्ष पुग्यो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा आएर व्यवसायीहरुको हकहितको पक्षमा उनीहरुको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रजापति प्यानलले आफ्नो पक्षमा भोट मागिरहेको छ । अध्यक्ष प्रत्यासी पवन प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायीहरु यतिबेला सबैभन्दा बढि समस्यामा रहेको बताउँदै संस्थागत रुपमा आफू नेतृत्वमा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलको उम्मेदवारी घोषणा

अर्जुन पोखरेल
पोखरा, २२ साउन / पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्ष बन्न हालका उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले आफ्ना एजेन्डा सहित अध्यक्षमा दाबी गरेका हुन् । पोखरेल हाल संघको वाणिज्य तर्फका उपाध्यक्ष हुन् । उनले सबैको सल्लाहबाट नै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । संघमा राजनीति हाबी भएका कारण बलियो गरी उपस्थिति जनाउन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा सम्झनलायक धेरै काम गर्ने बताए । उनी संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष… पुरा पढौ