#पार्किङ

व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग
पोखरा, १९ चैत / पोखरा उद्योगी/व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्न हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर पनि गरेका छन् । पोखरा महानगरपालिकाले न्यूरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरुको यो भनाइ बाहिर आएको हो । पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखराको ट्राफिक व्यवस्थापनबारे आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले ट्राफिक प्रहरीको व्यवहार,सडक सुरक्षा एवं… पुरा पढौ

पार्किङ व्यवस्थापन जित र हारको विषय होइनः प्रमुख आचार्य

पार्किङ व्यवस्थापन जित र हारको विषय होइनः प्रमुख आचार्य
पोखरा, २४ माघ/ पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो । ‘पोखराको मुख्य क्षेत्रबाट सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सुन्दर हुनै पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो । सबैले समन्वय गरेर यसलाई कार्यान्वयन… पुरा पढौ

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक -व्यवसायी

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, १९ माघ/ पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाले माघ २३ गतेदेखि पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय अव्यवहारिक भएको ठहर गरेको छ । व्यवसायीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेको छ । भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले… पुरा पढौ

भूमिगत तलालाई पार्किङका बनाउन पोखरा महानगरको आग्रह, नबनाए कारबाही

भूमिगत तलालाई पार्किङका बनाउन पोखरा महानगरको आग्रह, नबनाए कारबाही
पोखरा, १२ भदौ/ पोखरा महानगरपालिकाले महानगर भित्रका निमार्ण भएका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन सूचना प्रकाशित गरेको छ । नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गरेको छ । अन्य प्रयोजनका लागि प्रयोग गरिदैं आएका भूमिगत तला आइतबारको दिन देखि ३५ दिनभित्र खाली नगरेमा कारबाही गरिने सूचनामा उल्लेख गरेको छ । पुरा पढौ