प्रमुख समाचार

चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निःशुल्क

चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निःशुल्क
पोखरा, २० चैत/ पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । आयोजक प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त साँझमा पुरुषोत्तमका १८ गीत प्रस्तुत हुने जनाएको छ । सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । सांगीतिक साँझमा प्रवेशका लागि निशुल्क राखिएको… पुरा पढौ

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा
पोखरा, २० चैत/ वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिट्ठी बजाउने सिकारीहरूमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो । युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो । यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जित्नु पर्ने छ । परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ… पुरा पढौ

फोटो यात्रा–गन्तव्य मेघौली

फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा, १९ चैत/ नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए । नवलपुरको गैडाकोट नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै… पुरा पढौ

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई
पोखरा, १९ चैत/ ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो । मर्यादीत सहकारी, समुउन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस बुधबार मनाउदै छन् । पामे बजार फेवातालका मुहान… पुरा पढौ

गण्डकीका मन्त्री थापाको तलब भत्ता ७९ लाख सामाजिक सेवामा खर्च

गण्डकीका मन्त्री थापाको तलब भत्ता ७९ लाख सामाजिक सेवामा खर्च
पोखरा, १९ चैत/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा सामाजीक क्षेत्रमा खर्च गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकता अनुसार रचनात्मक कार्यमा सहयाग गर्दै आएको बताए । मन्त्री थापाले २०७४ सालदेखि हालसम्म प्रदेशसभा सचिवालय र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेका छन्… पुरा पढौ

पोखराको चैत अन्तिम साता हेमजा आलु महोत्सव

पोखराको चैत अन्तिम साता हेमजा आलु महोत्सव
पोखरा, १९ चैत/ चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।… पुरा पढौ

ल्हासा– पोखरा– ल्हासा सिधा उडान शुरु

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी
पोखरा, १८ चैत/ नियमित संचालनमा आएको झन्डै २६ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ल्हासाबाट यात्रु लिएर सोमबार पोखरा विमनस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको हो । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएकोे जहाज सोमबार दिउँसो १ बजेर ५५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यसमध्ये ३२ चिनियाँ र ७५… पुरा पढौ

कास्की प्रहरीले स्कुटर जलाउने ५ जना सहित स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ

कास्की प्रहरीले स्कुटर जलाउने ५ जना सहित स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ
पोखरा, १८ चैत/ कास्की प्रहरीले स्कुटर चोरी गर्ने र जलाउनेलाई पक्राउ गरेको छ । चैत १३ गते राति पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित घरमा पार्किङ गरी राखिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी जलाएको आरोपमा ५ जना पक्राउ गरेको छ । प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा चैत १६ गते पोखरा महागरपालिका वडा नम्बर १६ लामाचौर स्थित माथिल्लो दिपमा २ जना १६ वर्ष र १७ वर्षका बालकले ग ८ प ५४२९ नम्बरको स्कुटर चलाई शंकास्पद रुपमा हिड्दै… पुरा पढौ

सोमबार सार्वजनिक बिदा

सार्वजनिक विदा
काठमाडौं, १७ चैत/ सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ । इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाउ छन् । पुरा पढौ

पोखरा–८ को भवन शुभारम्भ, प्रशासकीय भवन बनाउने तयारीमा छौँः नगरप्रमुख आचार्य

पोखरा–८ को भवन शुभारम्भ, प्रशासकीय भवन बनाउने तयारीमा छौँः नगरप्रमुख आचार्य
पोखरा, १७ चैत/ पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारी भइरहेको बताएका छन् । पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन् । प्रशासकीय भवन बनाउन करिब दुई अरब रुपैयाँ लाग्ने उनको भनाइ छ । यसका लागि स्रोतको खोजी भइरहेको र सरकारका अर्थमन्त्रीसँग पनि कुरा भइरहेको आचार्यले बताए । उनका अनुसार उच्च अदालत पोखराको अगाडि ४० रोपनी जग्गामा महानगरको प्रशासकीय भवन बनाउने तयारी छ ।सुविधासम्पन्न कार्यालय… पुरा पढौ