सोमबार सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     चैत्र १६ गते २०८१ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

काठमाडौं, १७ चैत/ सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाउ छन् ।