
कास्की प्रहरीले स्कुटर जलाउने ५ जना सहित स्कुटर चोरीमा संलग्न ८ जना पक्राउ
पोखरा, १८ चैत/ कास्की प्रहरीले स्कुटर चोरी गर्ने र जलाउनेलाई पक्राउ गरेको छ । चैत १३ गते राति पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित घरमा पार्किङ गरी राखिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी जलाएको आरोपमा ५ जना पक्राउ गरेको छ ।
प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा चैत १६ गते पोखरा महागरपालिका वडा नम्बर १६ लामाचौर स्थित माथिल्लो दिपमा २ जना १६ वर्ष र १७ वर्षका बालकले ग ८ प ५४२९ नम्बरको स्कुटर चलाई शंकास्पद रुपमा हिड्दै गरेको अबस्थामा फेला पारी सोधपुछ गरेको थियो ।
पोखरा ६ हल्लनचोक अगाडीको सडकमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरेर ल्याएको देखिएकोले निजहरुलाई उक्त स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा निजहरुले विभिन्न मितिमा विभिन्न स्थानबाट पुराना मोडलका स्कुटरहरु चोरी गर्ने र केही दिन चलाई अन्यत्र स्थानमा लगी छाड्ने गरेका थिए ।
प्रहरीले १० वटा स्कुटरहरु बरामद भएको हुँदा घटनामा संलग्न गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दिप बस्ने वर्ष २० को दिनेश गुरुङ र अन्य ७ जना १३ वर्ष देखी १६ बर्ष उमेर समुहका बालकहरु समेतलाई कास्की जिल्लाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका वडा २० भलाम स्थितबाट घर अगाडी सडक किनारामा पार्किङ गरेर राखेको ग ११ प ७५३७ नम्बरको स्कुटर माथी उल्लेखित ८ जना मध्येबाट दिनेश गुरुङ समेतका ५ जनाले चोरी गरी नागथान भन्ने स्थानको एकान्त ठाँउमा राखी चलाउदै आएकोमा त्यसको ३ दिन पछि उक्त स्कुटर पुनः चलाई लैजाने क्रममा वडाको डाँडा कटेरी भन्ने स्थानमा पुर्याउँदा स्कुटर बिग्रन गएकोले उक्त स्कुटरको ट्याङ्कीमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।
- बरामद भएका ९ थान स्कुटरहरुको विवरण
- ईन्जिन नं. JF39E-7-0013203, च्यासिस नं. ME4JF393FF70213 94 भएको ग ८ प ५४२९ नं. को रातो रंगको डियो स्कुटर,
- ईन्जिन नं. JF39E-8-0062932, च्यासिस नं. ME4JF392 JE88628 91भएको ग ९ प ८३२८ कालो रंगको डियो स्कुटर
- ईन्जिन नं. JF39E-7-0029598, च्यासिस नं. ME4JF392JD70295 66 भएको ग ८ प ७०९१ नं. को रातो रंगको डियो स्कुटर,
- ईन्जिन नं. JF39E-8-0031669, च्यासिस नं. ME4JF392DD80316 28 भएको ग ८ प ३०५३ नं. रातो रंगको डियो स्कुटर
- ईन्जिन नं. JF39E-7-1348839, च्यासिस नं. ME4JF399AH70655 72 भएको ग १३ प १५०४ सेतो, रातो रंगको स्कुटर
- ईन्जिन नं. JF39E-7-1020246, च्यासिस नं. ME4JF3926D7013396 भएको अगाडी ग १० प ७५४९ र पछाडी ग ८ प ३१४९ नम्वर प्लेट टाँसेको रातो रंगको डियो स्कुटर
- ईन्जिन नं. JF39E-7-1330974, च्यासिस नं. ME4JF399LG7060827 भएको ग १३ प १३४० नं. को सेतो कालो रंगको डियो स्कुटर
- ईन्जिन नं. JF11E-4077007, च्यासिस नं. नखुलेको ग ६ प ३००० नं. को रातो रंगको डियो स्कुटर
- ईन्जिन नं. JF39E-8-0089405, च्यासिस नं. ME4JF392BF80893 65 भएको ग १० प ४४८२ नं. को सेतो रंगको डियो स्कुटर
- ग ११ प ७५३७ नम्बरको पुर्णरुपमा जलेको स्कुटर