प्रमुख समाचार

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी
पोखरा, २७ चैत/ नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई बुधबार एक कार्यक्रमका बिच जिल्ला एथ्लेटिक्स संघ कास्कीले सहयोग गर्ने घोषणा गरेको छ । एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले अवार्ड सम्पन्न गर्न ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो । पोखरा स्पोर्टस् अवार्डले खेलाडीको मनोवल उच्च राख्न योगदान पुराएको र समग्र खेल क्षेत्र तथा खेलाडीको लागि… पुरा पढौ

फेवा महोत्सवमा तयारी तीब्र

फेवा महोत्सवमा तयारी तीब्र
पोखरा, २७ चैत / होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको… पुरा पढौ

पोखराका लेकसाइडमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा

टेम्पल बेल बुटिक होटल एण्ड स्पा
पोखरा, २५ चैत/ पोखरामा नयाँ नयाँ होटल थपिने क्रम जारी छ । पोखराका पर्यटन व्यवसायी दाजुभाई विश्वराज पौडेल र भिष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याएका छन् । चिल्ली गु्रप अन्तर्गत पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा होटल सञ्चालनमा आएको हो । होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम रहनेछन् । स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा… पुरा पढौ

श्रम शोषण भएको भन्दै पोखराका डाक्टरहरु आन्दोलनमा

श्रम शोषण भएको भन्दै पोखराका डाक्टरहरु आन्दोलनमा
पोखरा, २४ चैत/ आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखरामा डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । पोखराका पृथ्वीचोकबाट शुरु भएको विरोध ¥याली पोखराको चिप्लेढुङ्गामा पुगेर विरोध सभामा परिणत भएको थियो । आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखराका दुई मेडिकल कलेजका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखराको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलानमा उत्रिएका हुन् । उनीहरुले पोखराका पृथ्वीचोकबाट विरोध ¥याली निकाले । डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको,… पुरा पढौ

पोखरामा आइतबार देखी आलु महोत्सव

पोखराको हेम्जामा आलु महोत्सव सुरु
पोखरा, २३ चैत/ आइतबार देखी पोखरा २५ हेम्जामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका… पुरा पढौ

पोखरामा चैत २९ देखि प्रथम एलिट भलिबल कप हुँदै

पोखरामा चैत २९ देखि प्रथम एलिट भलिबल कप हुँदै
पोखरा, २३ चैत/ पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । पोखरा–३ नदिपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् । ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई… पुरा पढौ

पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

पुरुषोत्तम न्यौपाने
पोखरा, २२ चैत/ पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैनसहितका १८ गीत गाए । २०६६ को चैत २२ गते पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने एकल साँझ’ भएको थियो । ठ्याक्कै १५ दिनपछि सोही ठाउँमा पुरुषोत्तम गुञ्जिएका हुन् । कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र प्रस्तुत… पुरा पढौ

जाजरकोटमा तीन मिनेटको फरकमा दुई पटक भूकम्प, पोखरामा धक्का

भूकम्प
पोखरा, २२ चैत/ जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति तीन मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । नेपाल भूकम्प मापन केन्द्रले शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५ दशमलव २ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का पोखरामा पनि महशुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी छ । पुरा पढौ

केपी ओली कप क्रिकेट प्रतियोगिता शनिबार देखी, पोखरा र स्याङ्जा क्रिकेट क्लब भिड्दै

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, २२ चैत/ पोखरामा शनिबार देखी हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसंगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबिच हुनेछ । खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा… पुरा पढौ

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा, २२ चैत/ उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा महानगरपालिका र केसी समूहको सहयोगमा गरिएको हो । होटल बाराहीमा गरिएको सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नुभएको थियो… पुरा पढौ