पोखराका लेकसाइडमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा

-


     क्लिक गण्डकी     
     चैत्र २४ गते २०८१ मा प्रकाशित


टेम्पल बेल बुटिक होटल एण्ड स्पा

टेम्पल बेल बुटिक होटल एण्ड स्पा

पोखरा, २५ चैत/ पोखरामा नयाँ नयाँ होटल थपिने क्रम जारी छ । पोखराका पर्यटन व्यवसायी दाजुभाई विश्वराज पौडेल र भिष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याएका छन् ।

चिल्ली गु्रप अन्तर्गत पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा होटल सञ्चालनमा आएको हो । होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम रहनेछन् ।

स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने सञ्चालक विश्वराज पौडेलले बताए । उनले बुटिक होटल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

आधुनिक डिजाइन र नेपाली शैलीलाई मिक्स गरे निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्ड सहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा रहेका छ । साढे २ रोपनी जग्गामा निर्माण भइरहेको होटल सम्पन्न गर्न करिब ५५ करोड रुपैयाँ लगानी भएको अर्का सञ्चालक भिष्मराज पौडेलले बताए ।

चिल्ली अन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालन भइरहेको छ । गु्रपले अहिले १ सय ४० जनालाई रोजगारी दिएको छ । ग्रुप अन्तगर जग्गा सहित करिब २ अर्व लागनी रहेको छ ।