साहित्य

बैंकर डा. बुद्धि मल्लको “सफलता सम्भव छ” बिमोचन

बैंकर डा. बुद्धि मल्लको “सफलता सम्भव छ” बिमोचन
पोखरा, २ असार/ बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सि.ले गरेका थिए भने नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथी समिक्षा गरेका थिए । लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना,… पुरा पढौ

पोखरामा पुस्तक ‘म्याड लभर्स’ परिचर्चा

पोखरामा पुस्तक ‘म्याड लभर्स’ परिचर्चा
पोखरा, ८ जेठ/ प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया)को परिचर्चा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त… पुरा पढौ

‘आमा’, तपाईं हुदा सेल्फी खिचिन, सेल्फी हुदाँ तपाईं भेटिन

अभिमन्यु पाण्डे
अभिमन्यु पाण्डे आमा त मेरो पनि थिईनफोटो म सङ्ग पनि थ्योफरक यत्ती होसबैले फेसबुक रङ्गाउन सङ्गै सेल्फी खिचेमैले फोटो समेत तपाईं सङ्ग खिच्न पाइन किनकीतपाईं हुदा सेल्फी खिचिनसेल्फी हुदा तपाईं भेटिन अनिमन भरी माया भएर के गर्नु आमातपाईं नै यो संसारमा नभएसीम एक्लै बाचेर पनि के गर्नु आमा तरअब त एक्लै जिउन जानिसकेआफुलाइ भाग्यमानी ठानिसके किनकीथुप्रै नेपाली आमाको पीडा म बुझ्ने गर्छुउहाहरुलाइ नै तपाईं सम्झेर पुज्ने गर्छु । पुरा पढौ

किरण खरेललाई दुई लाख नगदको अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार प्रदान गर्ने

किरण खरेल
पोखरा, १५ चैत/ पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा स्थापित पुरस्कार नगद २ लाख रुपैयाका रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई दुई दुई वर्षमा पुरस्कार समर्पण गर्ने प्रावधान रहेको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार संस्थाद्वारा… पुरा पढौ

साहित्यकार सरुभक्तको मिठो प्रेम प्रसङ्ग

सरुभक्त
रवीन्द्र माकाजू यतिखेर प्रसिद्ध साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठ दौंतरी कविता शुभारम्भको तयारीमा जुट्दैछन् । जसका बारेमा चर्चा परिचर्चा हुनु स्वभाविकै छ । भक्तराजबाट उनी कसरी सरुभक्त भए सबैमा कौतुहलता जाग्नु स्वभाविकै हो । भनिन्छ, उनी कसैका प्रेम पागल भएका थिए रे ! यस्तै रे रे का कथाहरु उनका जीवनमा मात्र होइन, हरेकका जीवनमा देखिन्छ, भेटिन्छ तर जे होस् वरिष्ठ साहित्यकार सरुभक्तका प्रेम प्रसङ्ग पाठकका लागि रोचकताको विषय बन्ने गर्दछ । शायद उनले जति उत्तर दिए पनि पाठक र… पुरा पढौ

रत्नमानले ल्याए तीन भाषाको पुस्तक

रत्नमानले ल्याए तीन भाषाको पुस्तक
पोखरा, २१ फागुन/ शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गरे । २००८ मा लमजुङको करापुमा जन्मेर पोखराको रामघाटस्थित टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापकका रहेका गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष… पुरा पढौ

जरोटुप्पोमा सम जयन्ती, डा. पुष्पा केसीलाई सम्मान

जरोटुप्पोमा सम जयन्ती, डा. पुष्पा केसीलाई सम्मान
पोखरा, २६ माघ/ जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो ।कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एकसय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो । भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान अर्पण गरेका थिए । सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताए । सरुभक्तले… पुरा पढौ

‘हृदयदेखि हृदयसम्म’ डा. भगवान कोइराला

‘हृदयदेखि हृदयसम्म’ डा. भगवान कोइराला
पोखरा, ९ पुस/ हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो । संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको… पुरा पढौ

सुविन भट्टराईः कथाकी पात्रदेखि इजोरियासम्म

सुविन भट्टराईः कथाकी पात्रदेखि इजोरियासम्म
पोखरा, ९ पुस/ सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्यो।’लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे। एकैपटक ४ हजार स्रोताले रेडियो सुन्न थाले। उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए। ‘भेट््दा मलाई उनी सुविन हैन जस्तो लाग्यो। यति चर्चित मान्छे, तर यति सरल,’ अच्युतले सुनाए। ठूलो युवा जमातमा पठनसंस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग जमिरहेका थिए सञ्चारकर्मी घिमिरे। पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको एउटा… पुरा पढौ

दुर्गमका सर–मिस

दुर्गमका सर–मिस
पोखरा, ९ पुस/ गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो । त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण… पुरा पढौ