साहित्य

पोखरेली युवा साँस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

पोखरेली युवा साँस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार
पोखरा २६ फागुन/ श्री भैरव साँस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद १ लाख १ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित परिवारका अध्यक्ष उपेन्द्र पौडेललाई शनिबार आयोजित कार्यक्रममा सम्मान गरेका थिए । प्रमुख आमन्त्रित मेयर धनराज आचायले पोखरेली युवा साँस्कृतिक परिवार आफैमा पोखराको ब्राण्ड हो, परिवारले पोखराको गरिमा उचो बनाएको उनको धारणा थियो । वाङ्मयिक क्षेत्रको राजधानी पोखरा त थिदै थियो आगमी चैत्र ४… पुरा पढौ

र्‍यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

र्‍यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’
पोखरा, २६ फागुन /साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिबार पोखरामा परिचर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको चर्चा गर्दै दाहालले समीपको नदीको राजमार्गमा नवीन प्रयोगका साथ लघुकथा लेखिएको बताए । दैनिकी, व्यक्तिवृत्त, उपशीर्षकको प्रयोगलगायत नवीन शैलीमा समीपले लघुकथा लेखेका उनको भनाइ थियो । शुक्ला साहित्य सङ्गम, तनहुँका पूर्व अध्यक्षसमेत रहेका दाहालले भने, “समसामायिक विषयवस्तुलाई उठाइएका उनका लघुकथामा मानवीय स्वभाव, समाजको वास्तविकता,… पुरा पढौ

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा
पोखरा, १२ फागुन/ नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ । समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी… पुरा पढौ

‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक बिमोचन

‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक बिमोचन
पोखरा, १२ फागुन / रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आज पुस्तकको विमोचन गर्नुभयो । पोखराका बरिष्ठ शिक्षाशसेवी स्व.ऋषिकेशव पराजुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहनुुभएको थियो । कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र… पुरा पढौ

काई बर्डः ओपेनहाइमर नेपाल जस्ता देशका लागि सापेक्ष छ

काई बर्डः ओपेनहाइमर नेपाल जस्ता देशका लागि सापेक्ष छ
पोखरा, ५ फागुन/ दुई शक्तिशाली राष्ट्रबिच रहेको विकासउन्मूख देश हो नेपाल । भारत र चीन विश्व अर्थतन्त्रमा शक्तिशाली छन् । यही भू बनावटमा बसेको नेपाललाई हेरेर काई बर्ड भन्छन् ओपेनहाइमर नेपाल जस्ता देशका लागि सान्दर्भिक छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्डसँगको कुराकानी प्रस्तुत गरिएको थियो । ‘बेष्टसेलरदेखि ब्लकबाष्टर ः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्डलाई सहजकर्ताको भूमिकामा पत्रकार कुन्दन दीक्षितले प्रश्न गरेका थिए । बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमेथियसः… पुरा पढौ

सरुभक्तका ६ बाल पुस्तक एकसाथ लोकार्पण

सरुभक्तका ६ बाल पुस्तक एकसाथ लोकार्पण
पोखरा, ५ फागुन/ साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो । उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको छ । सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे । लोकार्पण… पुरा पढौ

के छ गाउँको खबर ?

के छ गाउँको खबर ?
पोखरा, ४ फागुन/ गाउँका धेरै छोराछोरी विदेश छन् अनि बुढेसकाल लागेका आमाबुवाले घर कुर्नुपर्ने वर्तमान परिस्थिति छ । त्यतिमात्रै होइन गाउँमा विकास पूर्वाधार पुग्दा त्यसलाई प्रयोग गर्ने जनसंख्या नै निकै कम छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणमा ‘के छ गाउँको खबर’ सत्रमा शुक्रबार प्रतिनिधिसभा सदस्य सन्तोष परियार, सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र अनुसन्धानकर्ता डा. सबिन निङेलेखुले गाउँको विषयमा मन्थन गरे । प्रतिनिधिसभा सदस्य सन्तोष परियारले रेमिट्यान्सको लोभमा गाउँले विदेशीएका छोराछोरीलाई केही हुन्छ कि… पुरा पढौ

पोखरामा लिटरेचर फेस्टिभल सुरु

पोखरामा लिटरेचर फेस्टिभल सुरु
पोखरा, ३ फागुन/ पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे । फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ । ‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो । साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ’, मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग… पुरा पढौ

शब्दशक्ति उत्सवको एघारौं वर्ष, पोखरामा फागुन ३ देखि नेपाल लिटेचर फेस्टिभल

शब्दशक्ति उत्सवको एघारौं वर्ष, पोखरामा माघ ३ देखि नेपाल लिटेचर फेस्टिभल
पोखरा, २५ माघ/ सूर्य नेपाल गाथा नेपाल लिटेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखराको लेसाइडस्थित बाराहीघाट हुनेछ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको सहभागीता रहने आयोजक संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको… पुरा पढौ

न्यौपानेको ‘नदेखिएको घाउ’ आत्मकथा लोकार्पण

न्यौपानेको ‘नदेखिएको घाउ’ आत्मकथा लोकार्पण
पोखरा, १४ माघ/ कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुभयो । कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुुने बताउनुभयो । न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उहाँले साहित्यिक लेखनमा निरन्तरता हुने… पुरा पढौ