साहित्य

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई अर्पण

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई अर्पण
पोखरा, १६ कार्तिक/ यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरिएकोे छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई विहीवार एक कार्यक्रमका विच प्रदान गरिएको हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहितको पुरस्कार गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले अर्पण गर्नुभयो । लामो समय देखि अस्वस्थ रहनुभएका साहित्यकार उपाध्यायले यसअघि प्राकृत पोखरा कृतिका लागी मदन पुरस्कार प्राप्त… पुरा पढौ

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान
पोखरा, असोज १७ / गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे । लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो… पुरा पढौ

पोखरामा सुधीर शर्माका दुई कृतिमाथि विमर्श

पोखरामा सुधीर शर्माका दुई कृतिमाथि विमर्श
पोखरा, १३ असोज/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ । शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरिएको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुवै पक्षले फाइदा लिन सक्ने धारणा राखे । कृतिले नेपाललाई चीन र चीनलाई नेपाल चाहिनुका कारणबारे पुस्तकमा शर्माले चर्चा गरेका बताउँदै मुल्मीले सन्तुलित कूटनीतिलाई… पुरा पढौ

घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा

घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा
पोखरा, २९ भदौ/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए । ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे । ‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन् यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक… पुरा पढौ

पोखरामा पत्रकार अखण्ड भण्डारीको बोराको चर्चा

पोखरामा पत्रकार अखण्ड भण्डारीको बोराको चर्चा
पोखरा, २६ साउन/ ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा गरेको छ ।सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको परिचर्चा गरेका थिए । ‘नाट्यसमालोचना’ का रूपमा अवधारणापत्र प्रस्तुत गर्दै पनेरूले आमाप्रति उच्च सम्मान व्यक्त गर्ने र आमालाई हेला गर्ने सबैले पढ्नैपर्ने उपन्यासका रूपमा बोराको चर्चा गरे । “यो ममत्वको कथा हो, मातृत्वले भरिएको आमाको आरोह–अवरोहको कथा हो” पनेरूले भने, “यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा हो ।” बोरालाई… पुरा पढौ

र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’

र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पोखरा, २६ जेठ/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको… पुरा पढौ

कहाँ गए ति चौताराहरु ………

चौतारा
विश्व सिग्देल प्रिय भाइ नारायण गाउँलेले चौतारीबारे सुन्दर पोष्ट लेखेपछी मलाई पनि केही थपथाप गरौं की भन्ने खसखस भयो । चौतारी पोखराको पहिचान गौरब धरोहर जे भनेपनि भएको हुंदा थोरै आधाअधुरो ज्ञान बांडचुंड गर्ने धृष्टता गरें । चौतारी आंफैमा पुर्ण होइन ,चौतारी पोखरी गौचरनको संयुक्त अंग पुरा भएपछी यसलार्इ चौतारी भनिन्थ्यो । चौतारी पोखरी पाटन (गौचरन) सजिलोको लागी एउटा नाम जे भनेपनि तिनै अबयबको पुर्ण रुप बुझ्नु पर्थ्यो । सन्तान नभए ,रोगब्याध लागे वा कुनै आकंक्षा भए पुरा होस भनि… पुरा पढौ

गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

प्रकट पंगेनी
पोखरा, ६ बैशाख/ उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी रहेका कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । ‘कीर्तिशेष प्रकट पंगेनी शिवले साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै उहाँले सृजना गर्नु भएको तर प्रकाशन नभएका कृतिहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो’ सदस्य सचिव श्रेष्ठले भने । यसका अलावा गण्डकी… पुरा पढौ

गजलकार प्रकट पंगेनीको निधन

प्रकट पंगेनी
पोखरा, ४ बैशाख/ साहित्यकार प्रकट पंगेनी शिवको मंगलबार निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलबार आर्थिक संकलन अभियान थालिएको थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख र पोखरेली सांस्कृतिक परिवारले २५ हजार सहयोग गर्ने निर्णय गरी सकेका थिए ।… पुरा पढौ

सरुभक्तलाई १ लाख नगद सहितको हेमराज पुरस्कार

सरुभक्त
पोखरा, २६ चैत/ हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ । प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको उल्लेख गरे । प्रतिभा छनोट समितिका सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका सरुभक्त ५ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । साहित्यका सबैजसो विधामा कलम चलाउने उनका चार दर्जनभन्दा… पुरा पढौ