‘हृदयदेखि हृदयसम्म’ डा. भगवान कोइराला

-


     क्लिक गण्डकी     
     पौष ९ गते २०७९ मा प्रकाशित


‘हृदयदेखि हृदयसम्म’ डा. भगवान कोइराला

‘हृदयदेखि हृदयसम्म’ डा. भगवान कोइराला

पोखरा, ९ पुस/ हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो ।

संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको छ ।

एउटा पुस्तक २५ हजार मूल्यमा बिक्रि गरेर सात प्रदेशमा विशिष्टिकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ ?
यो सम्भव छैन भन्ने कुरामा क्लियर छु, त्यो अपेक्षा पनि राखेको छैन । देशका लागि चाहिएको विषय हो । यसको महत्वपूर्ण स्टेप चाहि यो हुन सक्छ । नलेजलाई प्रयोग गरेको हो । यसको लागि प्रकाशकले फ्रिममा पुस्तक छापिदिनु भयो । मैले रोयल्टी नलिने गरी पुस्तक छापिदिनु भयो ।

सरकारले यस्ता खालका अस्पतला खोल्न सकेको छैन । तर तपाईले यो उमेर आएर यो जोखिम किन मोल्न खोजेको ?
बालअस्पताल सरकारको योजनामा नै पर्छ । यो सबैले मिलेर गर्ने काम हो । यसमा हामी सबैले मिलेर काम गर्न चाहान्छौं । अस्पतालको मोडल पनि सरकार र गैरसकारी क्षेत्रबाट हुने हो । यसलाई सरकारले गर्न नसकेको पनि नभनौं ।
२०÷२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ । त्यसबेलाको स्वास्थ्य मन्त्रीले देशमा मुटुको रोग नै छैन । मुटुको अस्पताल किन चाइयो भनेका थिए । अहिले मुटु अस्पतालको अस्पताल ‘भ्यालु’ सावित भयो ।

त्यसैले महशुसलाई गाइड गर्दिने काम पनि विज्ञहरुको कै हो । यसमा हामी सबै जिम्मेवारी हुनु पर्छ । यसमा कुनै अन्यथा लिनु पर्दैन । यो ‘मोडल’ बाट गयो भने दिर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाएको हो । यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ । तर यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो । त्यसैले यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु ।

स्थानीय सरकारको कुरा गर्दा पोखरा महानगरसँग पनि सम्झौता भएको जस्तो लाग्छ । पहिलो विशिष्टिकृत बाल अस्पताल चाहि पोखरामै बन्ने होकी भन्ने आशा पनि गरिएको छ नि । मेरो पोखरासँग पुर्खैली नाता कतिपयलाई थाहा पनि छैन होला । मेरा पुस्ता पोखाराबाट पाल्पा गएका रहेछन् । त्यसकारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौं भन्दा पहिले यही अस्पतलाको खोल्ने भेर योजना बनाएका थियौं । भेनु खाली नभएकोले काम अलि ढिला भयो ।

ननसरकारी अस्पताल जान मन लाग्दैन । तर मुटु रोग लाग्यो भने मान्छे गंगालालय जान्छन् । यो अस्पतालले जुन विश्वासनीयता हाँसिल गर्याे । सर्वसाधारण नेपालीहरुले उपचार गर्न मिल्ने नमूना बन्यो । यसको कुन फ्याक्टरले गर्दा सफल भयो ?
यसको सम्पूर्ण जस मलाई मात्रै दिन मिल्दैन । यसको धेरै फ्याक्टरहरु छन् । लिडरसिप नै यसको लागि बढी महत्वपूर्ण हुन्छ । देशको स्तर हेर्दा, राष्ट्रिय स्तरको संघसंस्थाको रुपमा हेर्दा पनि लिडरसीपबाट धेरै कुराहरु गाइड हुन सक्छन् । चाहानाले मात्रै पुग्दैन । इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्याे भने धेरै कुरा मिलेर आउने रहेछ ।

अस्पतालले कुनै भौतिक सामान पनि व्यवस्था गर्नु पर्छ । मुलभूत रुपमा अस्पताल विरामी र विरामीको आफन्तहरु प्रति कति संवेदनशील छन भन्ने कुराको अनुभूति विरामीलाई भयो भने वा विरामीका मान्छेमरुलाई भयो भने आक्रमक हुँदैनन् । विरामी र विरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सककको हो । तर कपितय अवस्थामा सामाना पनि गर्नु पर्छ । सबै भन्दाबढी जोखिम त मुटु र कार्डियोमा हुन्छ । हृदयघात भएर पनि विरामीको मृत्यु हुन्छ । सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफै पनि फसेको छु ।

अपरेसशन पछि कतिपय अवस्थामा मृत्यु हुनसक्छ । ती सबै घटना दुर्घना भने हुँदैन । तर विरामीप्रति कमिटेड हुने, विरामीलाई दिलो ज्यान दिने विरामीका आफन्तले देख्नु पर्छ कि सबै जना खटिरहेका छन् भनेर अनुभूत हुनुपर्छ । कतिपय अवस्थामा गर्दा गर्दै पनि हुँदैन । विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन । विरामीका परिवारले चिकित्सकले इमान्दार भएर काम गरेका छन् भन्ने भयो भने यस्ता घटनाहरु न्युनीकरण हुन्छ ।

यसमा धेरै जिम्मेवारी हाम्रो छ । जनता पनि चेतनशील हुनुपर्छ । अनावश्यक भौतिक होहल्लाले जनतालाई हानी पुग्छ । दुवैको जिम्मेवारी एउटै हो भनेर बुझेर गयो भने फाइदा हुन्छ । आफैमा संवेदना हुँदैन, यो सत्य हो । संवेदना ब्रेनको टिप एरियामा हुन्छ । त्यहीबाट एक्प्रेस भएर मुटुलाई ड्राइभ हुने हो ।

प्रत्येक पटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर ठिक बनाएर फेरि चालु गर्दा अझै पनि एक्साइटमेन्ट आउँछ । मुटुमा एक हिसाबको विशेषता चाहि छ । अरु माशंपेशी भएपनि अरु जस्तो होइन । यसको रिदम हुन्छ । मुटुको बनाउँदा युनिक फिचर मुटुलाई दिएको छ । त्यसैले प्रत्येक मटुलाई टिक गर्दा छुट्टै एक्साइटमेन्ट हुन्छ । अर्काे चुनौती पनि छ । यसअर्थमा हेर्दा धेरै संवेदना भएको महशुस हुन्छ ।

अस्पतालमा गम्भीर प्रकृतिको रोगले विरामी भएर आउँदा विरामीको इमोसन र विरामीको आफन्तहरुको इमोसन । आत्तिएका हुन्छन् । त्यसमा डाक्टरहरुले विचार पुर्याएन कठिन हुन्छ । रोगको र मानसिक रुपमा पनि उपचार गर्नु पर्ने हुन्छ । चिकित्सकले रोगको मात्रै उपचार गर्ने होइन । विरामी र समग्र रुपलाई हेर्ने हो । पहिले विरामीको आफन्तको इमोसनलाई सम्बोन गर्न सकियो भने समधान हुन्छ ।

अस्पताल सुध्रदै गयो घरचाहि विग्रदै गयो । भन्ने प्रसंग पनि आयो । कसरी मिलाएर अघि बढ्नु पर्ने रहेछ ।
आर्थिक हिसाबले गाह्रो हुँदै गएको थियो । सरकारी अस्पतालमा सर्पित भएर काम गर्दा घर चलाउने मामला निकै गाह्रो भएको थियो । त्यो बाहेक अरु सबै ठिक छ । स्वास्थ्य क्षेत्रको संघसंस्थालाई विकास गर्न राजनीतिक नेताहरुले सहयोग गरिदिनु पर्याे ।



Tags: