पोखरा, २४ जेठ/ महेन्द्र माध्यमिक विद्यायल पोखरा २० भलामको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा विद्यालयको खाली रहेको जमिनमा बृक्षारोपण गरेका छन् । बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु, शिक्षक, विद्यालय व्यवस्थापन समितिको सकृयतामा कारितास नेपाल फिल्ड कार्यालय कास्की, फलफूल नर्सरी व्यवसाय संघ कास्की, गोल्डेन नर्सरीको सहकार्यमा बृक्षारोपण गरेका हुन् । विद्यार्थीहरुले एभोकाडो, ओखर, धुपी, कपुर, निमका विरुवा र सुन्तला, केरा, अनार, आँपका फलफूल आदिका विरुवा बृक्षारोपण गरेको हो । फलफूल नर्सरी व्यवसाय संघ कास्कीका अध्यक्ष दिल बहादुर गुरुङ्ग कारितास नेपाल फिल्ड…
पुरा पढौ