इडेन्स एकेडेमीका अभिभावकलाई अभिमुखिकरण

-


     क्लिक गण्डकी     
     चैत्र १३ गते २०७८ मा प्रकाशित


इडेन्स एकेडेमीका अभिभावकलाई अभिमुखिकरण

पोखरा, १३ चैत/ कोभिड–१९ कारण भएको लकडाउनले विद्यार्थीमा आएका समस्या र अध्ययनमा देखिएको समस्याका बारेमा पोखरा १३ मा रहेको इडेन्स एकेडेमीले अभिभावक सगँ छलफल गरेको छ । विद्यालयले करिब ३ सय अभिभावक छलफल गरि विद्यार्थीहरुमा भएको समस्याको समाधान खोजेको छ । अभिभावक छलफल गरि विद्यार्थीका समस्याका समाधान खोजेका हुन् ।

कार्यक्रमलाई सहजीकरण गरि समस्याको समाधान खोज्नका उत्प्रेरक तथा अन्तराष्ट्रिय प्रशिक्षक रवि किरणले अभिभावक सगँ सहजीकरण गरे । कार्यक्रमा प्रशिक्षक रबि किरणले विद्यार्थी बीच पढाई प्रति आइरहेको वितृष्णा हटाइ शिक्षा तर्फको लगावलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित गरेका थिए । अभिभावकहरुलाई त्यसको उपाय कसरी खोज्ने र अभिभावक र विद्यालय बीच कसरी नियमित सम्पर्क राख्ने बारे जानकारी दिएका थिए ।

अभिभावकले आफ्ना बाबुनानीलाई कसरी अब्बल बनाउने प्रति खेल्नुपर्ने भूमिकामा प्रकाश पारेका थिए । कार्यक्रममा भाग लिनुभएका अभिभावक केश बहादुर गुरुङले उमेर अनुसार अभिभावकले आफ्ना बालबालिकालाई कसरी व्यवहारिक बनाउने भन्ने विषयमा गरिएको प्रशिक्षणले अत्यन्त मन छोएको बताए ।

त्यसै गरि अधिकांश अभिभावकले यस्ता कार्यक्रमहरु विद्यालयले नियमित रुपमा सञ्चालन गर्ने सुझाव दिएका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गौरी देवी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक बीच विभिन्न विषयमा समेत छलफल भएको थियो ।



Tags: