सोमबार जाजरकोट केन्द्रबिन्दु परकम्प, पोखरामा धक्का

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०८० मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, २० कात्तिक/ सोमबार दिऊसो जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३१ मिनेटमा परकम्प मापन भएको जनाएको छ । त्यसको धक्का पोखरामा पनि महसुस भएको थियो ।

यो परकम्प शुक्रबार राती गएको पहिलो भूकम्पको सबैभन्दा ठूलो पराकम्प हो । शुक्रबार राति ११ः ४७ मिनेट जादाँ ६.४ म्याीगनच्युडको भूकम्प गएपछि ४ म्याग्निच्युड भन्दा माथिका ५ वटा भूकम्प गएको जनाएको छ ।



Tags: