
दुर्घटना
पोखरा, १५ असोज/ पोखराबाट सुर्खेत जाँर्दै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस सोमबार बिहान ५ बजे दुर्घटनामा परेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ ।
बस अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खसेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।







