
टेकनाथ बराल
माधब प्रसाद बराल
नेपाली समाजमा ७ महिनाको गर्भमा जन्मेका ब्यक्ती कि सम्राट् हुन्छन कि साधु सन्त बन्छन् भन्ने भनाई छ । गौतम बुद्ध र पृथ्वीनारायण शाह पनि ७ महिने थिए । गौतम बुद्ध सन्त बने, पृथ्वीनारायण शाह सम्राट । पोखरा ७ नुवारथोकमा जन्मेका मानवअधिकार बादी नेता टेकनाथ बराल पनि ७ महिना मै जन्मिनु भएको थियो ।
विक्रम संम्बद १९९६ सालमा जन्मनुभएका बराल युवाअवस्था देखिनै क्रान्तिकारी चिन्तनका रुपमा चिन्दै आएका छौ । उहाँकै कथन अनुसार वि सं २०१९ मा उहाँले मुलुकमा विध्यमान सामाजिक र राजनीतिक बेथिती माथी विबेचना गरिएको ूफिलिङ्गोू नामको औपन्यासिक कृति सृजना गर्नुभएको थियो । त्यो कृति त्यतिबेलाको प्रशासनले कब्जागरी नष्ट गरेको र उहाँलार्इ करार गरेका कारण उहाँ निर्वासित हुनुभएको थियो ।
निर्वासनको यस अवधिमा उहाँको परिवार र बालबच्चाको अवस्था अत्यन्तै दुःख र पिडाबाट गुज्रिएको थियो । आमाले ती दुःखपिडा झेलेर सन्तानको लालनपालन गर्नुभएको थियो । त्यतिबेला उहाँका जेष्ठ दाजु तथा प्रजातन्त्रवादी अगुवा होमनाथ बरालले उहाँको परिवारको भरथेग र संरक्षण गर्नुभएको थियो ।
पैत्रिक रुपले साहु खान्दानका कान्छा टेकनाथ बराललाई जग्गा जमिनको कमि थिएन । तापनि त्यतिबेला नगदको अभाब नै हुने गर्दथ्यो । उहाँले केही समय शिक्षण पेशा गर्नुभयो तर त्यो पनि जिविकोपार्जनका लागि भन्दा राजनीतिक संगठन गर्नुमा नै केन्द्रित थियो। खासमा भन्दा उहाँले जिवनमा कुनैपनि नाफाको पेशा गर्नुभएन । पैत्रिक सम्पत्तिकै भरमा बांचेर सिङ्गो जीवन देश र समाजका लागि भनेर ब्यतित् गर्नुभयो ।
बनारसमा पुप्पलाल श्रेष्ठको सम्पर्कपछि उहाँ कम्युनिष्ट बन्नुभएको थियो । २०३७ सालमा निर्वासनबाट फर्केपछि उहाँ नुवारथोक स्थित घर र गुफा घरमा बसेर खेती किसानी संगै कम्युनिस्ट राजनीतिमा सकृय हुनुभयो । त्यसपछि नै म पनि निरन्तर रुपमा उहाँसँगको सम्पर्कमा पुगि कम्युनिष्ट राजनीतिमा आवद्ध हुनपुगेको थिएं । यस मानेमा उहाँ मेरो गुरु पनि हुनुहुन्थ्यो ।
मार्क्सवादी दर्शनका प्रभावले गर्दा उहाँ प्रफेक्ट रुपले भौतिकवादी हुनुहुन्थ्यो र भौतिकवादलाइ नै जीवन पद्धति मान्नुहुन्थ्यो। धार्मिक आस्थामा मात्रै होइन, कतिपय सांस्कृतिक मान्यताका सवालमा पनि उहाँ निर्मम रुपमा प्रस्तुत हुने गर्नुहुन्थ्यो । मैले जानेसम्म उहांले दशैं र त्यौहारको टीका लगाउने, जनै लगाउने, टुप्पि राख्ने र पण्डित बोलाएर बुबाको श्राद्ध कर्मकाण्ड कहिल्यै पनि गर्नुभएन ।
मलाई एकपटक कपाल खौरिदिन भन्नुभयो, मैले टुपि राखेर खौरिदिदां, तिमि अझै कम्युनिस्ट बनेको रहेनछौ ू भनेर मीठो व्यंग्य गर्नुभएको थियो । त्यसैगरि एकदिन मेरो कांधको जनै देख्दा पनि उहाँले मलाई कम्युनिस्ट बनि नसकेको निष्कर्ष निकाल्नु भएको थियो । जनै र टुप्पी फाल्न नसक्ने मानिस कम्युनिस्ट हुनसक्दैन भन्ने मान्यता उहाँको थियो । तथापि जनै र टुप्पी फाल्नेकाम मैले कहिल्यै पनि गरिन । अन्ततः म कम्युनिस्ट पनि रहिन ।
झन्डै २०४८ सालतिरको दशैंमा म मेरा वेद गुरु इन्द्र पौडेलको हातको टिका लगाएर फर्कंदै गर्दा उहाँ संग बुलौंदीमा भेट भयो । मलाई हातमा समातेर घरमा लग्नुभयो र एउटा हिसाब निकाल्न लगाउनुभयो । त्यो हिसाब चैं देशभरमा सबै नेपालीले दशैंको टीका लगाउंदा कति मुरि चामलको वर्वादी हुन्छ ? भन्ने थियो । त्यतिबेला सम्ममा म पनि धेरै दृस्ठिबाट समिक्षा गर्नसक्ने भैसकेको थिए सांस्कृतिक परम्परा र धार्मिक अन्धविश्वास एउटै कुरा होइनन् ।
सांस्कृतिक परम्पराको जगेर्ना गर्नुभनेको इतिहास जोगाउने काम पनि हो । त्यसैले दुइमुठी चामल खर्च गरेर हाम्रो संस्कृति जोगिन्छ भने हामीले दशैं टीका लगाउनु पर्छ । संस्कृति र अन्धविश्वास एउटै कुरा होइनन भनेर मैले भन्दा उहाँले मलार्र्इ अब चैं हजुर म भन्दा पनि जान्ने भैसक्नु भएछ भनेर मीठो व्यंग्य कस्नुभएको थियो ।
विसं २०४६ को आन्दोलनमा पंचायतका विरुद्द लडनका लागि गण्डकीका सम्पुर्ण कम्युनिष्ट घटकले उहाँलार्इ वाममोर्चाको अध्यक्ष बनाए । आन्दोलन सफल भै बहुदल आएपछि कुनैपनि बाम घटकले उहाँलाई स्थान दिन आवश्यकता ठानेनन् । त्यसो त उहाँपनि आफुलार्इ स्वतन्त्र वाम भन्ने गर्नुहुन्थ्यो । कुनैपनि दलको घेराभित्र उहाँ बसेको मैले देखिन । आन्दोलन र विद्रोहका बेलामा सबै वामहरुले उहाँलार्इ आफ्नो भनेर अगाडी सार्दथे, तर पद र प्रतिष्ठा लिनेबेलामा कुनैपनि बामले उहाँलार्इ अवसर दिएको देखिएन ।
त्यसपछिका दिनमा विशेषगरि माओवादी युद्ध शुरुभएपछि उहाँले आँफुलार्इ एउटा कम्युनिस्ट योद्धा भन्दापनि मानवअधिकारवादिका रुपमा कृयाशिल पार्नुभयो । वातावरण संरक्षण, संम्पदा संरक्षण, बालअधिकार संरक्षण जस्ता विभिन्न संस्थाहरुले उहाँलाइ एउटा सेलिब्रेटीका रुपमा आलंकारिक सम्मान र प्रतिस्ठा प्रदान गरे । सिङ्गो जीवन सादगिमा बिताएका ब्यक्तित्व टेकनाथको उत्तरार्ध भने अलि तिक्ततापुर्ण देखियो ।
ओशो रजनिस पुंजिवादका प्रवक्ता हुन् भन्ने टेकनाथ बुबा केही वर्ष ओशो तपोवनमा गएर बसेको र कृष्ण भजनमा रमाएको पनि देखियो । पारिवारिक तिक्तताकै कारणले उहाँ ओशो तपोवनमा गएर बसेको सबैले महषुस गरेका थिए । एकदिन उहाँलाई भेटन म पनि तपोवन पुगेको थिएं । त्यतिबेला मैले उहाँलाई घरमै बस्न उपयुक्त हुने विचार राख्दा उहाँ मौन बन्नुभएको थियो ।
त्यसपछि पारिवारिक पहल स्वरुप उहाँ पैत्रिक स्थानमै फर्केको देख्दा खुसि लागेता पनि यो खुसी धेरै लामो समय रहन सकेन ।
गौतम बुद्ध र पृथ्वीनारायण शाह झैं ७ महिनामा जन्मलिएका टेकनाथ बरालले यो संसारमा आउनुभएका आदरणीय बुवा टेकनाथ बराल यथार्थमा एउटा कम्युनिस्ट योद्धा भैकन पनि सन्तको जीवन बांचेर भाद्र १२ गते श्रावण शुक्ल त्रयोदशिका दिन उपचारकै क्रममा उहाँ अनन्तमा विलिन हुनुभयो ।





