महानगरका वडा अध्यक्ष रिजालको डेंगुबाट निधन

-


     क्लिक गण्डकी     
     भाद्र २१ गते २०८० मा प्रकाशित


पोखरामा डेंगुको संक्रमण बढ्यो

डेंगुको संक्रमण

काठमाडौं, २१ भदौ/ काठमाडौं महानगर वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको अभिव्यक्तिले चर्चामा आएका थिए ।

फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा मेयर बालेन शाहसँग चर्काचर्की भएको थियो ।
रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव समेत गरेका थिए ।



Tags: