
पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु
पोखरा, ११ भदौ/ पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृत्यु भएको छ । पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।
बागमती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक तनहुँ जिल्लाको म्याग्दे गाउपालिका वडा नम्बर ४ की वर्षा कुमालको मृत्यु भएको हो ।
पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।





