कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना

-


     क्लिक गण्डकी     
     भाद्र १० गते २०८० मा प्रकाशित


कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना

पोखरा, १० भदौ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मर्दीपुल नजिकै बलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

७ जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । माछापुच्छ्रे इदीखोलाबाट पोखरा आउदै गरेको ग ३ च ५८३८ नम्बरको बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो ।

जीप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको थियो ।



Tags: