ढाकाकुमार माथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

-


     क्लिक गण्डकी     
     वैशाख २५ गते २०८० मा प्रकाशित


ढाकाकुमार श्रेष्ठ

ढाकाकुमार श्रेष्ठ

काठमाडौ, २५ बैशाख/ सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई तत्काल कार्वाही नगर्न आदेश दिएको छ । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनको सांसद सभामुखले खारेज गरेका थिए ।



Tags: