तनहुँ १ मा मत अन्तर बढाउदै स्वर्णिम वाग्ले

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०८० मा प्रकाशित


डा. स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्ले

तनहुँ, ११ वैशाख/ प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मत परिणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

२१ वडाको २९ हजार ८ सय २ मतको मतगणना गर्दा वाग्लेले १५ हजार १ सय ३५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७ सय ३१ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । स्वर्णिमले गोविन्द्र भन्दा ६ हजार ४ सय ४ मतले अगाडी छन् । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।

तनहुँ १ अपडेट
२१ वडा मतगणना सकिदा ९२९८०२०
रुख गोविन्द भट्टराई ८७३१
सूर्य सर्वेन्द्र खनाल ५०००
घण्टी डा। स्वर्णिम वाग्ले १५१३५



Tags: