पोखरा महानगरपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स

-


     क्लिक गण्डकी     
     वैशाख १ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स

पोखरा महानगरपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स

पोखरा, १ बैशाख/ पोखरा महानगरपालिकाले कृषि बस्तु औषार पौसारका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सको शुक्रबार पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै सञ्चालनमा ल्याए । कृषि उत्पादनलाई सुरक्षित ढुवानी गरेर उत्पादकदेखि उपभोक्तासम्म पुर्याउने उद्देश्यले एम्बुलेन्स संचालनमा ल्याइएको उनले बताए ।

एम्बुलेन्स सेवा प्रभावकारी भएमा थप एम्बुलेन्स संचालनमा ल्याउने उनले बताए । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले सञ्चालनामा ल्याएको भन्दै आचार्यले एम्बुलेन्सको प्रयोग हेरेर थप एम्बुलेन्स आवश्यकता अनुसार थप्दै जाने बताए । नेपाल सरकार र महानगरपालिकाले ३६ लाख रूपैयाँ लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

महानगर वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले ३३ वटै वडाका कृषले यो एम्बुलेन्सको प्रयोगबाट फाइदा लिन सक्नुपर्ने बताए । एम्बुलेन्सको अधिकतम प्रयोग गरेर व्यवसाय प्रवद्धन र मुनाफा कमाउन समेत अनुरोध गरे ।

एम्बुलेन्समा माइनस १५ डिग्रीसम्मको चिस्यान कायम गर्न सकिन्छ । किसानको माग अनुसार तापक्रममा फलफूल, तरकारी, मासुजन्य पद्धार्थ लगायतका कृषिजन्य बस्तु राख्न सकिने छ ।

महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले गाउँमा उत्पादन भएको तरकारी लगायतका छिटो नष्ट हुने कृषि उपजको ढुवानीमा एम्बुलेन्सले प्रयोग हुने बताए । कृषि उत्पादनलाई माग भएको ठाउँमा पुर्याइन अब सहज हुने उनको भनाई छ ।



Tags: ,