बल्खुमा ट्रकको ठक्करबाट अध्यागमनका अधिकृत पाण्डेको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र १९ गते २०७९ मा प्रकाशित


टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

काठमाडौं, १९ चैत/ काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको छ ।

आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–५ घर भई चन्द्रागिरि नगरपालिका–१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी शाखा अधिकृत हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई वयोधा अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले चालक ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ ।



Tags: