पुतली बाजे अर्थात् कोलिन स्मिथ अस्पताल भर्ना

-


     क्लिक गण्डकी     
     चैत्र ७ गते २०७९ मा प्रकाशित


पुतली बाले अर्थात् कोलिन स्मिथ

पुतली बाले अर्थात् कोलिन स्मिथ

पोखरा, ७ चैत/ कोलिन स्मिथ अर्थात् पुतली बाजे विरामी भएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका छन् । केही समयको उपचार पछि घर फर्किएको उनी फेरी विरामी भएपछि अस्पताल भर्ना भएका हुन् । उनले पुरै जीवन नेपालमा रहेर पुतलीको खोज तथा अनुसन्धामा लगाएका छन् ।

यस्तो छ उनको योगदान

बेलायतका कोलिन स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ नामबाट चिनिन्छन् । नेपालमा अध्यापन र पुतली संकलकका रुपमा ५७ वर्ष बिताएपछि पुतली बाजेले ३ वर्ष अगाडी नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए ।

उनी पोखरा महानगरपालिका वडा १८ स्थित लामागाउँमा बस्दै आएका छन् । विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा उनी युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका थिए । पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएर उनि गोर्खाको स्कुलमा पढाउन गएका थिए । त्यहाँ उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र (दिवंगत) डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित बताउ छन् ।

गोरखामा २ बर्ष पढाएर उनि फेरी पोखरा फर्के र केहि बर्ष पृथ्बी नाराएण क्याम्पसमा फिजिक्स बिषय अध्यापन गरे । सानै देखि पुतली प्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आए देखी नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतली को अनुषन्धान र खोजमा लागे ।

५० भन्दा बढी जिल्ला पुगेका उनले नेपालमा ६ सय ५० जातिका पुतली पाइने कुरा पत्ता लगाए जस मध्य ५ सय ५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विश्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् ।

पर्यावरणमा स–साना जीवको ठूलो महत्व हुने भएकाले पुतली अध्ययन र संकलन अभियान थालेका उनले पुतलीसम्बन्धी १० वटा किताब लेखिसकेका छन् । ८६ बर्षको उमेरमा पुगेका छन् । अहिले पनि उनि एउटा गैरसरकारी संस्था लिबर्डमा स्वयंसेवा गरिरहेका छन् । जवानी र वृद्ध दुवै उमेर नेपालमै बिताए ।



Tags: ,