#पुतली बाजे

पुतली बाजे अर्थात् कोलिन स्मिथको निधन

पुतली बाले अर्थात् कोलिन स्मिथ
पोखरा, १८ कात्तिक/ कोलिन स्मिथ अर्थात् पुतली बाजेको निधन भएको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि विगत २ महिनादेखि हरियो खर्क अस्पताल पोखरामा उपचाररत उनको शुक्रबार राति ३ बजे निधन भएको हो । कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ जसले पुतलीसँग रमाउँदा आफ्नो देश बिर्सर नेपालमा नै बस्दै आएका थिए । कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानार्थ नागरिकता प्रदान गरिएको थियो । २९ वर्षको उमेरमा नेपाल आएका उनी ८८ वर्षको उमेरमा निधन… पुरा पढौ

पुतली बाजे अर्थात् कोलिन स्मिथ अस्पताल भर्ना

पुतली बाले अर्थात् कोलिन स्मिथ
पोखरा, ७ चैत/ कोलिन स्मिथ अर्थात् पुतली बाजे विरामी भएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका छन् । केही समयको उपचार पछि घर फर्किएको उनी फेरी विरामी भएपछि अस्पताल भर्ना भएका हुन् । उनले पुरै जीवन नेपालमा रहेर पुतलीको खोज तथा अनुसन्धामा लगाएका छन् । यस्तो छ उनको योगदान बेलायतका कोलिन स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ नामबाट चिनिन्छन् । नेपालमा अध्यापन र पुतली संकलकका रुपमा ५७ वर्ष बिताएपछि पुतली बाजेले ३ वर्ष अगाडी नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए ।… पुरा पढौ