मोहन वैद्य अस्पताल भर्ना

-


     क्लिक गण्डकी     
     कार्तिक १ गते २०७८ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छ्न्। उनलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

दम बढेपछि वैद्यलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो। दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ पारिवारिक स्रोतले भन्यो, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।’

नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ। उनको छाति एक्सरे गर्दा दाग समेत देखिएको अस्पतालले जनाएको छ। नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेकोसमेत चिकित्सकहरुले बताएका छन्।



This will close in 10 seconds