
पोखरा महानगरपालिका
पोखरा, १६ पुस/ पोखरा महानगरपालिकाका कार्यालय र शैक्षिक संस्था आइतबार बिदा दिइएको छ ।
राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ हुने भएकाले सो कार्यक्रममा जनसहभागिता जनाउन बिदा दिइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
पोखरा महानगरपालिकाले पोखरेलीको वर्षौंदेखिको सपना पूरा भएको बताउदै विमानस्थल शुभारम्भ अघिको झाँकीसहितको र्यालीमा सहभागी हुने उनले बताए । सबैलाई उद्घाटनमा सहभागीता जनाउन आग्रह गरे ।





